News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा अक्सिजन प्लान्ट मेसिनको उद्घाटन

बोम बहादुर परियार२०७८ असौज २४, प्यूठान
८८९ पटक
२०७८ असौज २४, प्यूठान

प्युठान अस्पतालमा अक्सिजन प्लान्ट मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कृष्णध्वज खड्काले सो रिबन काटेर शनिवार मेसिन उद्घाटन भएको सुरुवात गरेका हुन् । यो मेसिन सुरुवात भएपछी जिल्लामा पर्याप्त अक्सिजनको सुविधा हुनेछ । यो मेसिन नहुँदा स्वासप्रश्वास सम्बन्धिका बिरामि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट मेसिन २० मिलिक्युब क्षमता भएको र दिनमा ७० देखि ७५ वटा ठुला अक्सिजन सिलिन्डर भर्न मिल्ने प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन दर्नाल ले बताए । जिल्लामै अक्सिजन प्लान्ट मेसिन सुचारु भएपछी अस्पतालबाट दिईने सेवामा सहजता हुने र जिल्ला बासिलाई सुविधा पुग्ने दर्नालको भनाई छ ।

मेसिन उद्घाटन कार्यक्रममा मन्त्री खड्काले प्युठान अस्पतालमा चालु आर्थिक वर्षमै ईन्डोस्कोपिक सेवा सुचारु गर्नको लागि ३० लाख बजेट छुट्टाएको जानकारी दिए । नागरिकहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै आउदो चैत्र महिना सम्म जिल्लामै सिटि स्क्यान र ईन्डोस्कोपिक सेवा सुचारु गर्ने मन्त्रि खड्काले बताए ।

प्युठान अस्पताल ब्याबस्थापन समितीका अध्यक्ष शिद्दिमणी सुबेदिको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , जिल्ला समन्वय उपप्रमुख पदम थापा , प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपति प्युठान जिल्लाका प्रहरि प्रमुख सुनिल मल्ल लगायतको विशेष उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...