News Portal

रेडियो सुन्नुहोस्

समयसँगै दाइजो प्रथाको आधुनिक रुप

देबा भण्डारी२०७८ कार्तिक २३, प्यूठान
४७७ पटक
२०७८ कार्तिक २३, प्यूठान

समयसँगै दाइजो प्रथाले दिनानुदिन नयाँ रुप लिँदै गरेको समाजमा हामी देखिरहेका छौँ । सम्बन्धित निकाय र सरोकारवालाहरुबाट चर्को विरोध भए पनि दाइजो प्रथाले हाम्रो समाजमा जरो गाडेको छ । हाल यस प्रथा झन मौलाउँनुको मुख्यकारण नै देखासिकी रहेको जस्तो लाग्छ । २१ औँ शताब्दीमा आइसक्दा पनि दिन प्रतिदिन दाइजो नपाएको निहुँमा महिलाले ज्यान गुमाएको खबरहरु पढ्दा र सुन्दा मलाई निकै दुःख लाग्छ ।

बिवाहको समयमा दुलही पक्षबाट दुलाहा पक्षलाई उपहारको रुपमा दिइने नगद वा जिन्सी सामान लाई दाइजो भनिन्छ । जसलाई तराई तथा मधेसी समाजमा दहेज पनि भन्ने गरिन्छ । नेपाल लगाएत एसियाली केही मुलुक मुख्यतयाः हिन्दु धर्मालम्बीहरुले दाइजो प्रथा लाई परापुर्वकाल देखि नै विभिन्न तरिकाबाट मान्दै आएको पाइन्छ, नेपालमा दाइजो प्रथा, कहिलेबाट सुरु भयो भन्ने ठ्याक्कै किटान त गर्न सकिँदैन तर नेपालमा दाइजो दिने चलन परापुर्वकाल देखी नै चलि आएको सुन्न र बुझ्न सकिन्छ, तर अहिलेको समयमा आइपुग्दा दाइजो प्रतिको धारणा र स्वरुप फेरिएको पाइन्छ ।

पहिले–पहिले बिवाहको समयमा केटीको माता/पिताले गाई, डोको, नाङ्लो, डालो दिएर कन्यादान गर्ने चलनबाट सुरु भएको एक प्रथा समय परिबर्तन संगै यो चलनले दाइजोको नयाँ स्वरुप धारण गर्न थाल्यो र तामाको गाग्री, ताउली जस्ता सामाग्री हुँदै, अहिले दाइजो प्रथा बेहुलाको पढाइ, लेखाइ लगाएत विभिन्न खर्च असुल्ने माध्यम बन्न पुग्यो ।

सामान्य डोको/डालो बाट सुरु भएको यो प्रथाले अहिले आधुनिक रुप धारण गरेको छ । हाल दाइजो प्रथा पैसा, हिरा तथा सुनचाँदी जस्ता बहुमुल्य धातु र गाडी, घरजग्गा जस्ता बहुमुल्य वस्तु तथा सामानमा आएर अडिएको छ । धनीवर्गहरुका लागि दाइजो प्रथा एउटा उपहार आदानप्रदान गर्ने मध्यम भएको हुन सक्ला तर गरिब निमुखा वर्गको लागि दाइजो प्रथा अभिश्राप नै हुन पुगेको छ ।

सामान्य रुपमा हामिले सुन्दा, अशिक्षा, गरिबी र कमजोर चेतनास्तरको कारण दाइजोको प्रचलन चलिआएको भनिएता पनि अहिलेको समयलाई नियालेर हेर्दा धनीवर्ग र शिक्षित परिवारबाट नै दाइजोको रुपमा ठूलो धनराशि र बहुमुल्य गरगहना को खुलेआम लेनदेन हुने गरेको पाइन्छ । दाइजो धेरै दिएर समाजमा आफुलाई महान, ठूलो र सभ्य सावित गर्न खोज्ने प्रवृत्तिको कारण पनि दाइजो प्रथा अझ मौलाएको पाइन्छ, जुन एकदमै दुःखद् पक्ष हो ।

नेपालको धेरैजसो भेगमा दाइजो प्रथा चलिआएको भएता पनि तराईमा दाइजोको समस्या झनझन् मौलाएको पाइन्छ, जसको कारण कतिपय परिवार छोरीको बिहे गराउँन घरबार र धनसम्पत्ती बिहिन पनि भएका छन । दाइजो कै कारण बर्सेनि सयौं महिलाले ज्यान गुमाएको सुन्न र देख्न सकिन्छ ।

दाइजो प्रथाले निम्त्याएका समस्या

–दाइजो प्रथा आफैमा एक कुपर्था हो । जसको कारण समाजमा विभिन्न प्रकार का घटनाहरु घटिरहेका छन ।
– अहिलेको समयमा पहाडी र हिमाली क्षेत्रमाभन्दा पनि विशेष गरि तराई क्षेत्रमा दाइजो प्रथा संस्कृतिको रुपमा मौलाइ रहदाँ एकातर्फ मानव जीवन त कठिन बनेको छ नै, अर्कोतिर बिवाह जस्तो पवित्र बन्धन पनि धेरै मानिसको जीवनको बर्वादीको कारण बन्न पुगेको छ । दाइजो प्रथालाई सँस्कृति, परम्परा र मुल्यमान्यताको रुपमा लिँदा यि शब्द को नै गलत अर्थ लाग्न थालेको छ ।
–छोरिको बिवाहमा जति धेरै दाइजो दिन सक्यो वा केटा पक्षको माग पूरा गर्न सक्यो तेति नै छोरी लाई उसको नयाँ घरमा माया र इज्जत मिल्ने साथसाथै बिवाहमा माग अनुसारको दाइजो दिन नसक्दा आफ्नो इज्जत जाने तथा समाजले आफुलाइ तिरस्कार गर्ने डरले कतिपय परिबार आफ्नो पुर्खेउली सम्पती, घर÷घडेरी तथा महँगो ब्याजदरमा ऋण लिएर भएपनि छोरीको बिवाहमा दाइजो दिन बाध्य छन् ।
–अझ समस्याको विषय बन्दै गहिरहेको कुरा त के छ भने, छोरा जति धेरै पढ्छ तेति नै धेरै दाइजो ल्याउने तर छोरी जति धेरै पढ्छे उसको लागि केटा पनि पढेकै खोज्नु पर्ने हँुदा छोरीले जति धेरै पढ्दै गयो तेति नै धेरै दाइजो पनि बढ्दै जाने डरले कतिपय परिबारले छोरीलाई चाहेर पनि दाइजोको डरले पढाउन सकिरहेका छैनन्, जसको कारण शिक्षित महिलाको दर बढ्न सकिरहेको छैन, एकातर्फ दाइजो कै लोभमा भएपनि केटाहरुको शैक्षिक उन्न्ती भैरहँदा महिलाहरुको खस्कदो शैक्षिक अवस्थाले समाजमा महिला र पुरुषको स्तरमा समानता आउन सकिरहेको छैन ।
–छोरी जन्मिए दाइजो दिनुपर्ने डरले गर्व मै छोरा वा छोरीको पहिचान गरि छोरा भए जन्माउने तर छोरी भए गर्वपतन गराउने समस्या दिनानुदिन बढिरहेको पाइन्छ ।
–कतिपय परिवारमा बुहारी÷श्रीमतिले दाइजो नल्याएको आरोपमा कुटपिटबाट गर्नुका साथै हत्या समेत गरेको पाइन्छ ।
–दाइजोको एकदमै प्रचलन भएका विभिन्न जिल्लामा दाइजोको लोभमा बहुबिबाह गर्ने र गराउने गरेको पाइन्छ ,जसको कारण कतिपय नारीले सौता बेहोर्ने साथसाथै विभिन्न अत्याचार सहनुपर्ने अवस्था सिर्जना हुन्छ ।
–दाइजो वाफत सहमती भएका धनमाल र सम्पती बिवाहको मण्डपमा उपलब्ध गराउन नसक्दा कतिपय बिवाह मण्डप मै टुट्छ्न भने यदि नटुटेता पनि महिलाले बिवाह पश्चात् विभिन्न यातनाको सामना गर्नुपर्ने र ज्यान समेत गृमाउँनु परिरहेको छ ।
–केटा पढेलेखेको भए केटाको पढाई खर्च दाइजो वा तिलकमा मागेर केटाको पढाइलाई नचाहिँदो महत्व दिइएको तर केटिले जतिसुकै पढेको भएपनि उस्को पढाइलाई बेवास्ता गर्ने जस्तो बिडम्बनापुर्ण अवस्था सृजना भएको पाइन्छ ।

यस्ता खालका दाइजो सम्बन्धी समस्याले गर्दा कतिपय परिवारले छोरी जन्माउन चाहदैनन, कतिपय परिवार छोरी पढाउँन हिचकिचाउँछन । कति परिबार घरबार बिहिन हुन पुगेका छन, कति नारीले कुटपिटबाट, शारिरिक÷मानसिक यातनाका साथसाथै अकाल मै ज्यान गुमाउँन बाध्य भएका छन । त्यसैले दाइजो अब प्रथामा मात्रै सिमित नरहेर विकृति र समाजको रोग नै बनिसकेको छ ।
दाइजो प्रथाको अन्त्य को लागि सरकार,स्थानिय स्तर बाट विभिन्न पहल ,साथसाथै दाइजो लिने र दिने दुबैलाई कामकारबाहीको ब्याबस्था अझै दाइजो पर्था लाई गैरकानुनी काम मानिरहदा पनि दाइजो प्रथा भने आधुनिक तरिकाबाट मौलाइरहेको पाइन्छ ।
ऐनमा बिवाहको समयमा केटिले लगाएको एकसरो कपडा र गरगहना बाहेक पारिबारिक सहमति भएमा राजिखुसिले बढिमा दसहजार सम्म दिन पाउने प्रावधान रहेको छ । कानुन र निति नियमलाई तोडेर खुलेआम लाखौँ÷करोडौँको दाइजोको व्यापार हुन थालेको पाइन्छ । जुन एकदमै गैरकानुनी र दुःखद् कुरा हो ।

दाइजो प्रथा अन्त्य कोलागी विभिन्न स्थर भएका विभिन्न पहलहरु :

–बि सं.१९१० मा जारी गरिएको मुलुकी ऐन पछि परिमार्जन गरिएको नंया मुलुकी ऐन २०२० ले महिलाहरुको लागि स्त्री धनको रुपमा सम्पती राख्न पाउने ब्याबस्था
ब्याबस्था गरेको छ साथसाथै दाइजो वा आफुले कमाएको धनलाइ चलतर्फ सबै र अचलतर्फ आधासम्म उपभोग गर्न पाउने ब्याब्स्था छ ,जस्को मध्यम द्वारा महिलाको हित को लागि केही राहत मिलेको महसुस गर्न सकिन्छ ।
–बि.सं. २०३३ सालमा सामाजिक सुधाए ऐन जारी गरि उक्त ऐन अनुसार बिवाहमा आफ्नो राजिखुशीले बढिमा १० हजार रुपैया सम्म दाइजो दिन पाउने तर यो भन्दा भड्किलोपन गरि नियम तोड्ने वा दाइजो लिने वा दिनेलाइ १२ देखि २५ हजार रुपँैया जरिमाना र एक महिना सम्म कैद वा दुबै दण्दसजाय हुने भनिएको छ ।
–नेपालको अन्तरिम सम्बिधान (२०६३)ले पहिलोपल्ट महिलालाई हिंसा विरुद्ध को अधिकार दिएको थियो जस अन्तर्गत महिलाले महिला भएकै कारण हिंसा र यातना सहनुपर्ने छैन र पुरुस समान पैतृक सम्पत्तिमा पनि बराबर अधिकार हुने उल्लेख गरेको छ ।
–दाइजो (दहेज) प्रथा दिनानुदिन मौलाउदै जादा दाइजो कै कारण धेरै चेलिले यसिड प्रहार, कुटपिट, हत्या, शारिरीक तथा मानसिक यातना जस्ता समस्या मौलाउदै गएको बुझी गाउसमाज तथा स्थानिय स्तरमा विभिन्न समूह तथा कलबहरु स्थापना गरि दाइजो प्रथा तथा महिला हिंसा विरुद्ध आवाज उठ्न थलेका छन ।
–तराइका विभिन्न जिल्लामा छिमेकी देसको सिको गर्दै “बेटि पढाउ, बेटि बचाउ” कार्यक्रम अगाडी सारेको पाइन्छ । जसमा छोरीलाइ दाइजोको साटो शिक्षा दिने उदेश्य रहेको पाइन्छ । जसबाट केटी आफैमा सबल र शिक्षित हुने हुँदा उनिहरु आफै दाइजोको बिरोधी हुन्छन ।

दाइजो प्रथाको अन्त्यको लागि गर्नुपर्ने कामहरु :

दाइजो पर्था एक प्रथा मात्र नरहेर सस्कृतिको रुपमा मौलाइरहदा दाइजो पर्था रहर मात्र नभएर बाध्यता बन्न पुगेको छ, जसको परिपुर्ति को लाई मानिस अब घर÷घडेरि, सबै सम्पती बेच्ने मात्र होइन, सकारात्मक बाटो बाट केही उपाए नलाग्ने भएपछी बाध्यतामा चोरी,डकैती ,भ्रष्टाचार ,हत्या जस्ता गैरकानुनी काम गर्न लाचार छन भने ,कतिपयले त दाइजो दिन नसक्दा समाजमा आफ्नो इज्जत लिलाम हुने डरले आत्महत्या पनि गरेको पाइन्छ भने कति नारी दाइजो नलियकै आरोप मा जिउदै जलाइएको अमानबिए घटना घटेको पाइन्छ।

जसको अन्त्यको लागि सरकार द्वारा कानुन बनाएर मात्र हुदैन कानुनको कार्यन्वयन सहि र कडा तरिकाले गराउनु जरुरी देखिन्छ ।

–मुख्यत दाइजो पर्था समाजद्वारा बढ्वा दिइएर कुरिती बनाइएको हुदा यसको अन्त्यको लागि समाजद्वारा नै पहल हुन अति जरुरी छ किनकी दाइजो को प्रचलन देसका सम्पुर्ण भेगमा समान रुपको छैनअझ कुनै ठाउमा त दाइजो दिने चलन नै छैन ,हिमालि र पहाडी भेगमा दाउजोको समस्या तराइको तुलनामा कम छ ,येसबाट के बुझिन्छ भने दाइजो पर्था निस्चित समुदाएमा मौलाएको हुदा ,समस्या ग्रसित समुदाय÷समाज द्वारा नै येस्को उन्मुलनको लागि हात अगाडि सार्नु पर्छ ।
–सरकारद्वारा स्त्री विशेष विभिन्न तालिम, कार्यक्रम, सिर्जनात्मक कामको व्यवस्था मिलाएर आत्मनिर्भर बनाउनु जरुरी छ ।
–विभिन्न समूह, राष्ट्रिय÷अन्तराष्ट्रिय संघसस्था, सरकारी तथा गैरसरकारी संस्थाद्वारा दाइजो प्रथाको विरुद्ध विभिन्न सुचनामुलक कार्यक्रम सञ्चालन गरि समाजका सम्पुर्ण व्यक्तिलाई बुझाउँनु जरुरी छ ।
–सरकारद्वारा “बेटि पढाउ, बेटि बचाउ”, “छोरीलाई दाइजो होइन, शिक्षा देउ” जस्ता कार्यक्रम अगाडि सार्ने ।

यसरी व्यक्ति, समाज र राष्ट्रिय रुपमा एक भई दाइजो प्रथाको विरुद्धमा अगाडि बढेमा मात्र दाइजो प्रथाको अन्त्य गर्न सकिन्छ । दाइजो प्रथा एक व्यक्तिको मात्र समस्या नभई सम्पुर्ण समाजको समस्या हो । समाजका हरेक व्यक्तिद्वारा दाइजो प्रथाको अन्त्यको लागि पहल हुन जरुरी छ । साथै ‘असल शिक्षा पाएको व्यक्तिले असल समाजको निर्माण गर्न सक्छ’ भन्ने सिद्धान्तलाई अगाडी सारी मुख्य तया दाइजो प्रथा विरुद्ध विभिन्न तालिम र असल शिक्षा को व्यवस्था हुनु जरुरी छ । सबैले दाइजो प्रथाको चर्को रुपमा विरोध गरेमा एकदिन अवश्य अन्त्य हुनेछ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी