News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : मुरि भित्रिन्थ्यो फापर : मानो फल्दैन अचेल

झुलेनी नेटवर्क
२३६९ पटक

फापर खेती परम्परागत बाली अन्तर्गत पर्छ । यो मौसम लहलह फापर फुल्ने बेला हो । फापरबाट ढिडो, रोटि, फरौंला लगायतका स्वादिष्ट परिकार बनाइन्छ । पहिले पहिले मुरी फल्ने फापर अहिले मानो पनि फल्दैन । आधुनिकतासँगै परम्परागत रुपमा गरीने खेतीवाली छोड्दै जाँदा फापर खेती लोप हुन थालेको हो । फापर खोज्नेहरु, खानेहरु भेटिन्छन् तर बाली लगाउनेहरु भेटिदैनन् ।

पुर्खाहरु फापरको धेरै महत्व राखेर यसको खेति गर्ने गर्दथे । अहिलेका किसानहरु यसको खेति गर्न छोडेका छन् । बिउपल नै भेटाउन मुस्किल छ आजभोली । जिल्लाको लिघा, डामृ, खबाङ, स्याउलिबाङ, खुङ, नारीकोट अर्खा, रजबारा, धुबाङ, पकला लगायतका माथिल्लो पहाडि क्षेत्रमा प्रशस्तै फापर फल्ने ठाउँ हुन् । पहिले पहिले यी ठाउँहरुमा धेरै मात्रामा यसको खेति गर्दथे ।

अहिले यी ठाउँहमा यसको खेति गर्न छोडेका छन् । परम्परागत खेती भन्दा नगदेवालीबाट नाफा हुने भएकाले स्वास्थ्यका लागि पौष्टिक आहार मानिने खेती गर्न छोडिएको छ । माघे सक्तान्तिको दिन फापरको विशेष परिकार बनाएर खाने प्रचलन छ । तर गाउँघरमा फल्ने फापरको पिठो पाइदैन । बजारबाट आयातित फापरको प्रयोग बढेको छ । पहिले सबै ठाउँका बारिहरुमा देखिने फापर अहिले लोप हुन थालेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...