News Portal

रेडियो सुन्नुहोस्

दाहाल, नेपालप्रति ओलीको व्यंग्य : ’केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता छ’

झुलेनी नेटवर्क
९५९ पटक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता रहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले देश बनाउने विषयमा एकै स्थानमा रहेको बताए ।

’केही केहीलाई कांग्रेसको औंला समाउन नपाउने हो कि भनेर चिन्ता रहेको छ,’ ओलीले भने, ’राष्ट्रियता, लोकतन्त्र, विकास सुशासन, सामाजिक न्यायको विषयमा एकै स्थान छ । हामी यो विषयमा सहकार्य गर्छौं ।’
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाली कांग्रेससँग सहकार्य रहेको छ ।

कार्यक्रममा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालप्रति व्यंग्य गरेका थिए ।
ओलीको सम्बोधनभन्दा अघि दाहालले एक्लै हिँड्न खोजेको अहंकारी समाप्त हुने बताएका थिए । दाहाल, ओली र नेपाल एक वर्षपछि पहिलो पटक सार्वजनिक मञ्चमा उपस्थित भएका हुन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...