News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा बिस्तारित आयुर्वेदिक सेवा सञ्चालन

झुलेनी पोष्ट२०७८ माघ २
११४७ पटक
२०७८ माघ २

प्यूठान नगरपालिका ४ बिजुवारमा बिस्तारित आयुर्वेदिक सेवा सुरु भएको छ । आइतवार विजुवार सेवा केन्द्रमा सेवा केन्द्रको उद्घाटन गरीएको हो । बिस्तारित सेवाको प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कक्षपतिले धेरै लामो समयको प्रतिक्षापछि विजुवारमा आयुर्वेद सेवा सुरु भएको जानकारी गराउँदै गाउँ गाउँमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच र बिस्तारमा जोड दिनुपर्ने बताए । सर्वसाधारमा आयुर्वेद सेवा पद्धतिको ज्ञानमा पहुँच नभएकाले स्थानीयवासी सेवाबाट बञ्चित भएको धारणा राखे ।

यहाँबाट निशुल्क बिरामी जाँच, चिकित्सकीय ओपिडि सेवा, माइनर वटि (ड्रेसीङ) सेवा, निशुल्क औषधी वितरण, अत्यावश्यक २३ थरीका औषधी वितरण तथा स्वास्थ्य परामर्श सेवा, अत्याधुनिक ल्याव सेवा र प्यूठान नगरपालिकाको सहयोगमा आगामी दिनमा पञ्चकर्म सेवा सञ्चालनको तयारी रहेको डा. रमेश कुमार के.सी.ले बताउनुभयो ।

विजुवारमा आयुर्वेदिक सेवा सुरु गरीएसँगै सरुमारानी गाउँपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा आयुर्वेदिक सेवा पुग्ने भएको हो । कार्यालयका अनुसार यसै हप्तामा गौमुखी गाउँपालिकामा पनि कार्यालय समुद्घाटनको तयारी रहेको छ ।

कार्यक्रममा सहभागी नेत्रज्योती संघ प्यूठानका अध्यक्ष केशव कर्माचार्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामी, डा. आनन्दकुमार श्रेष्ठ, आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाका व्यवस्थापन समिति अध्यक्ष लेखनाथ पौडेल लगायतले बिस्तारीत सेवा सञ्चालनमा ल्याएकोमा शुभकामना मन्तब्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...