News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा बिस्तारित आयुर्वेदिक सेवा सञ्चालन

झुलेनी पोष्ट२०७८ माघ २
११५७ पटक
२०७८ माघ २

प्यूठान नगरपालिका ४ बिजुवारमा बिस्तारित आयुर्वेदिक सेवा सुरु भएको छ । आइतवार विजुवार सेवा केन्द्रमा सेवा केन्द्रको उद्घाटन गरीएको हो । बिस्तारित सेवाको प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले समुद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कक्षपतिले धेरै लामो समयको प्रतिक्षापछि विजुवारमा आयुर्वेद सेवा सुरु भएको जानकारी गराउँदै गाउँ गाउँमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच र बिस्तारमा जोड दिनुपर्ने बताए । सर्वसाधारमा आयुर्वेद सेवा पद्धतिको ज्ञानमा पहुँच नभएकाले स्थानीयवासी सेवाबाट बञ्चित भएको धारणा राखे ।

यहाँबाट निशुल्क बिरामी जाँच, चिकित्सकीय ओपिडि सेवा, माइनर वटि (ड्रेसीङ) सेवा, निशुल्क औषधी वितरण, अत्यावश्यक २३ थरीका औषधी वितरण तथा स्वास्थ्य परामर्श सेवा, अत्याधुनिक ल्याव सेवा र प्यूठान नगरपालिकाको सहयोगमा आगामी दिनमा पञ्चकर्म सेवा सञ्चालनको तयारी रहेको डा. रमेश कुमार के.सी.ले बताउनुभयो ।

विजुवारमा आयुर्वेदिक सेवा सुरु गरीएसँगै सरुमारानी गाउँपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा आयुर्वेदिक सेवा पुग्ने भएको हो । कार्यालयका अनुसार यसै हप्तामा गौमुखी गाउँपालिकामा पनि कार्यालय समुद्घाटनको तयारी रहेको छ ।

कार्यक्रममा सहभागी नेत्रज्योती संघ प्यूठानका अध्यक्ष केशव कर्माचार्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामी, डा. आनन्दकुमार श्रेष्ठ, आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाका व्यवस्थापन समिति अध्यक्ष लेखनाथ पौडेल लगायतले बिस्तारीत सेवा सञ्चालनमा ल्याएकोमा शुभकामना मन्तब्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...