News Portal

रेडियो सुन्नुहोस्

निःशुल्क मोबाईल मर्मत, टेलरीङ्ग र विल्डीङ्ग इलेक्ट्रिसियन तालिम लिई स्वरोजगार बन्दै महिलाहरु

तेजेन्द्र बि. एम.२०७८ फागुन १८
१८७१ पटक
२०७८ फागुन १८

प्यूठान नगरपालिका–४, बिजुवारमा ३ महिने मोबाईल मर्मत तह–१, टेलरीङ्ग तह–२ र विल्डीङ्ग इलेक्ट्रिसियन तह–१ अन्तर्गत तालिमको गत असोज महिना देखि सञ्चालन भएको थियो । बुधबार समापन भएको तालिममा सहभागि महिलाहरुको उत्साहजनक उपस्थिति रहेको थियो । उनिहरु सबैले सिप सिकेर स्वरोजगार बन्ने आत्मविश्वासका साथ आजदेखि तालिम सकेर घर फर्कदै छन् । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय इभेन्ट परियोजना दोस्रोको आर्थिक सहयोग तथा वल्र्डवाईड टेक्निकल प्रा. लि. को आयोजनामा तालिम सञ्चालन भएको हो ।

तालिममा प्यूठान लिल्लाभरका सामाजिक तथा आर्थिक रुपले विपन्न १६ देखि ४० वर्ष उमेर समुहका महिला तथा पुरुषहरुकोे सहभागिता रहेको थियो । लोपोन्मुख, अति सिमान्तकृत तथा जनजाति, महिला, आदिवासि जनजाति, मुस्लिम, गरिव मधेसी, दलित, अपाङ्गता भएको व्यक्ति तथा वैदेशिक रोजगारबाट फर्किएका यूवाहरु, तथा मानव विकास सुचांकमा पछि परेका बेरोजगार यूवाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरिएको वल्र्डवाईड टेक्निकल प्यूठानका संयोजक मदन खड्काले जानकारी दिए ।

कार्यक्रम समापनमा हेल्विटास नेपालका प्रादेशिक अनुगमन अधिकृत नरेश सिंह थारु अनुगमनमा आएका थिए । उनले उत्साहजनक सहभागिताको उच्च मुल्यांकन गर्दै सबैले तालिम पश्चात व्यवसाय सुरु गरि स्वरोजगार बन्ने आशा समेत व्यक्त गरेका थिए । साथै केहि समयमै तालिममा सहभागि सबैको घर–घरमा आएर व्यवसायको अनुगमन गरि थप सल्लाह दिने बताएका छन् ।

मोबाईल मर्मत तालिाममा सहभागि प्यूठान नगरपालिका–३, की २१ वर्षिय लक्ष्मी घर्ति मगरले यस्तो किसिमको कुनैपनि ज्ञान नभएको र काम गर्न सकिन्नकि भन्ने हाम्रो परम्परा मेट्न सकिने क्षमता सहितको विश्वास आफुले लिएको उनि बताउँछन् । ‘हामी महिलाहरुले अवसर नपाएका र नबुझेका मात्र हौं, नत्र जुनसुकै सिप सिकेर दिगो रुपमा व्यवसायीकरण गरेर आत्मनिर्भर बन्न सक्छौं,’ उनले भनिन् । त्यस्तै टेलरीङ्ग तह २ को तालिम लिईरहेका नौबहिनी गाउँपालिका–५, डामृकी ३९ वर्षिय जेमसरा पुन मगरले तह १ मा महिलाहरुको सामान्य कपडाहरु मात्र सिलाउन सिकेको र अहिले महिला तथा पुरुष दुवैको कपडा सलिाउन सक्ने उनले बताए । ग्रामिण क्षेत्र त्यसैमाथि विकट गाउँ मेसिन चलाउन नजान्ने हामि अहिले सबैखाले कपडा सिलाउनुका साथै तालिम लिन चाहानेहरुलाई तालिम दिन सक्ने गरि यो तालिम लाभदायक भएको समेत उनि बताउछिन् ।

व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोको सहयोगमा ३ सय ९० घन्टे खाजा सहितको निशुल्क तालिम २०७८ असोज १७ गतेबाट सञ्चालन भएको थियो । मोबाईल मर्मत तह १ को तालिमको सहजिकरण समिर अहम्मद दर्जि र मंगल बिष्टले गरेका थिए । त्यस्तै टेलरीङ्ग तह १ को तालिमको सहजिकरण मोहम्मद मुनिर दर्जि र मान बहादुर परियारले गरेका थिए भने विल्डीङ्ग इलेक्ट्रिसियनको सहजिकरण बसन्त के. सी. र गोपाल खड्काले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...