News Portal

रेडियो सुन्नुहोस्

निःशुल्क मोबाईल मर्मत, टेलरीङ्ग र विल्डीङ्ग इलेक्ट्रिसियन तालिम लिई स्वरोजगार बन्दै महिलाहरु

तेजेन्द्र बि. एम.२०७८ फागुन १८
२२९७ पटक
२०७८ फागुन १८

प्यूठान नगरपालिका–४, बिजुवारमा ३ महिने मोबाईल मर्मत तह–१, टेलरीङ्ग तह–२ र विल्डीङ्ग इलेक्ट्रिसियन तह–१ अन्तर्गत तालिमको गत असोज महिना देखि सञ्चालन भएको थियो । बुधबार समापन भएको तालिममा सहभागि महिलाहरुको उत्साहजनक उपस्थिति रहेको थियो । उनिहरु सबैले सिप सिकेर स्वरोजगार बन्ने आत्मविश्वासका साथ आजदेखि तालिम सकेर घर फर्कदै छन् । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय इभेन्ट परियोजना दोस्रोको आर्थिक सहयोग तथा वल्र्डवाईड टेक्निकल प्रा. लि. को आयोजनामा तालिम सञ्चालन भएको हो ।

तालिममा प्यूठान लिल्लाभरका सामाजिक तथा आर्थिक रुपले विपन्न १६ देखि ४० वर्ष उमेर समुहका महिला तथा पुरुषहरुकोे सहभागिता रहेको थियो । लोपोन्मुख, अति सिमान्तकृत तथा जनजाति, महिला, आदिवासि जनजाति, मुस्लिम, गरिव मधेसी, दलित, अपाङ्गता भएको व्यक्ति तथा वैदेशिक रोजगारबाट फर्किएका यूवाहरु, तथा मानव विकास सुचांकमा पछि परेका बेरोजगार यूवाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरिएको वल्र्डवाईड टेक्निकल प्यूठानका संयोजक मदन खड्काले जानकारी दिए ।

कार्यक्रम समापनमा हेल्विटास नेपालका प्रादेशिक अनुगमन अधिकृत नरेश सिंह थारु अनुगमनमा आएका थिए । उनले उत्साहजनक सहभागिताको उच्च मुल्यांकन गर्दै सबैले तालिम पश्चात व्यवसाय सुरु गरि स्वरोजगार बन्ने आशा समेत व्यक्त गरेका थिए । साथै केहि समयमै तालिममा सहभागि सबैको घर–घरमा आएर व्यवसायको अनुगमन गरि थप सल्लाह दिने बताएका छन् ।

मोबाईल मर्मत तालिाममा सहभागि प्यूठान नगरपालिका–३, की २१ वर्षिय लक्ष्मी घर्ति मगरले यस्तो किसिमको कुनैपनि ज्ञान नभएको र काम गर्न सकिन्नकि भन्ने हाम्रो परम्परा मेट्न सकिने क्षमता सहितको विश्वास आफुले लिएको उनि बताउँछन् । ‘हामी महिलाहरुले अवसर नपाएका र नबुझेका मात्र हौं, नत्र जुनसुकै सिप सिकेर दिगो रुपमा व्यवसायीकरण गरेर आत्मनिर्भर बन्न सक्छौं,’ उनले भनिन् । त्यस्तै टेलरीङ्ग तह २ को तालिम लिईरहेका नौबहिनी गाउँपालिका–५, डामृकी ३९ वर्षिय जेमसरा पुन मगरले तह १ मा महिलाहरुको सामान्य कपडाहरु मात्र सिलाउन सिकेको र अहिले महिला तथा पुरुष दुवैको कपडा सलिाउन सक्ने उनले बताए । ग्रामिण क्षेत्र त्यसैमाथि विकट गाउँ मेसिन चलाउन नजान्ने हामि अहिले सबैखाले कपडा सिलाउनुका साथै तालिम लिन चाहानेहरुलाई तालिम दिन सक्ने गरि यो तालिम लाभदायक भएको समेत उनि बताउछिन् ।

व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रोको सहयोगमा ३ सय ९० घन्टे खाजा सहितको निशुल्क तालिम २०७८ असोज १७ गतेबाट सञ्चालन भएको थियो । मोबाईल मर्मत तह १ को तालिमको सहजिकरण समिर अहम्मद दर्जि र मंगल बिष्टले गरेका थिए । त्यस्तै टेलरीङ्ग तह १ को तालिमको सहजिकरण मोहम्मद मुनिर दर्जि र मान बहादुर परियारले गरेका थिए भने विल्डीङ्ग इलेक्ट्रिसियनको सहजिकरण बसन्त के. सी. र गोपाल खड्काले गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...