News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पहिलाे दिन २४ जनाकाे मनाेनयन दर्ता

झुलेनी पोष्ट२०७८ बैशाख ११
८३५ पटक
२०७८ बैशाख ११

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज विहान १० बजेदेखि ७ सय ५३ वटै पालिकामा उम्मेद्वारको मनोनयन दर्ता सुरु गरे सगँै प्यूठानमा मनोनयन दर्ताको आज पहिलो दिन २४ जना उम्मेद्वारको मनोनयन दर्ता भएको छ ।

मनोनयन दर्ता अन्तर्गत झिमरुक गाउँपालिकामा सिङ्गो पालिका अध्यक्ष पदका लागि नेकपा मालेबाट चुमानसिंह खत्री, ऐरावती गाउँपालिका वडा नं. ६ को अध्यक्ष पदमा ईन्द्र बहादुर खड्का स्वतन्त्र उम्मेद्वार, नौबहिनी गाउँपालिकामा राजमोबाट वडा नं. ८ का लागि हेमन्तराज भण्डारी, राप्रपाबाट वडा नं. ८ मा दुर्ग बहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेसनबाट वडा नं. १ स्याउलीबाङमा अध्यक्ष पदका लागि तने बुढामगरले उम्मेद्वारी दर्ता गरेका छन् ।

यस्तै गौमुखी पालिकामा पालिका अध्यक्षका लागि नेपाली कागेंसका उम्मेद्वार देबेन्द्र पुरीको नाम दर्ता गरिएको गौमुखी गाउँपालिकाका निर्वाचन अधिकृत राम प्रसाद ज्ञवालीले जानकारी दिए ।

त्यस्तै स्वर्गद्धारी नगरपालिकामा ७ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । जसमा प्रमुख तथा मेयर पदका लागि २ जना उम्मेदवार, उपप्रमुख पदका लागि १ जना र वडा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।

तस्तै प्यूठान नगरपालिकामा सबै भन्दा धेरै १२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा ५ जनाको वडा सदस्य पदाका लागि र ७ जनाको वडा अध्यक्ष पदका लागि उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।

यता जिल्लाको मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकामा भने आज कुनै पनि उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन । मनोनयन दर्ताका लागि भोली सोमबार बेलुका पाँच बजेसम्मको समय तोकिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...