News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पहिलाे दिन २४ जनाकाे मनाेनयन दर्ता

झुलेनी पोष्ट२०७८ बैशाख ११
१०५७ पटक
२०७८ बैशाख ११

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज विहान १० बजेदेखि ७ सय ५३ वटै पालिकामा उम्मेद्वारको मनोनयन दर्ता सुरु गरे सगँै प्यूठानमा मनोनयन दर्ताको आज पहिलो दिन २४ जना उम्मेद्वारको मनोनयन दर्ता भएको छ ।

मनोनयन दर्ता अन्तर्गत झिमरुक गाउँपालिकामा सिङ्गो पालिका अध्यक्ष पदका लागि नेकपा मालेबाट चुमानसिंह खत्री, ऐरावती गाउँपालिका वडा नं. ६ को अध्यक्ष पदमा ईन्द्र बहादुर खड्का स्वतन्त्र उम्मेद्वार, नौबहिनी गाउँपालिकामा राजमोबाट वडा नं. ८ का लागि हेमन्तराज भण्डारी, राप्रपाबाट वडा नं. ८ मा दुर्ग बहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेसनबाट वडा नं. १ स्याउलीबाङमा अध्यक्ष पदका लागि तने बुढामगरले उम्मेद्वारी दर्ता गरेका छन् ।

यस्तै गौमुखी पालिकामा पालिका अध्यक्षका लागि नेपाली कागेंसका उम्मेद्वार देबेन्द्र पुरीको नाम दर्ता गरिएको गौमुखी गाउँपालिकाका निर्वाचन अधिकृत राम प्रसाद ज्ञवालीले जानकारी दिए ।

त्यस्तै स्वर्गद्धारी नगरपालिकामा ७ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । जसमा प्रमुख तथा मेयर पदका लागि २ जना उम्मेदवार, उपप्रमुख पदका लागि १ जना र वडा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।

तस्तै प्यूठान नगरपालिकामा सबै भन्दा धेरै १२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा ५ जनाको वडा सदस्य पदाका लागि र ७ जनाको वडा अध्यक्ष पदका लागि उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।

यता जिल्लाको मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकामा भने आज कुनै पनि उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन । मनोनयन दर्ताका लागि भोली सोमबार बेलुका पाँच बजेसम्मको समय तोकिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...