News Portal

रेडियो सुन्नुहोस्

वसपार्क व्यवस्थित गर्न समिति गठन

सिखबर संवाददाताप्यूठान श्रावण २५ शुक्रवार
१८३३ पटक
प्यूठान श्रावण २५ शुक्रवार

स्वर्गद्वारी नगरपालिकाकाे केन्द्र भिंग्री बजारमा भएकाे यातायतकाे साधनकाे अव्यवस्थित पार्किङले बजारकाे व्यवस्थापनमा केही असर परेकाे र पर्यटक बाेकेर यहाँ भित्रिने यातायातका साधनहरु यस क्षेत्रमा नियमित अावतजावत गर्ने यातायातका साधन तथा मालवाहक गाडीहरुले पार्किङकाे लागि निकै समस्या वहाेरी रहनु पर्ने अवस्था रहेकाे छ ।

उक्त समस्यालार्इ मध्यनजर गर्दै स्वर्गद्वारी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र हमालकाे अध्यक्षतामा बसेकाे अाम भेलाले उत्पन्न समस्याकाे हल गर्नकाे लागि बजार नजिकै रहेकाे वसपार्कलार्इ व्यवस्थापन गर्नेकाे लागि समिति गठन गरिएकाे छ ।

वसपार्क निर्माणका लागि यहाँका स्थानीय मदुसुधन रावल, शाेभाराम नेपाली, रमेश कुमार श्रेष्ठ, चित्र बहादुर नेपाली लगायतका व्यक्तिहरुले जग्गादान गरेका थिए । उक्त वसपार्क व्यवस्थापनका लागि स्थानीय स्थानीय गणेशमा कालाथाेकी (भिम) काे अध्यक्षतामा ११ सदस्यीय वसपार्क व्यवस्थापन समिति गठन गरिएकाे छ ।

उक्त अाम भेलाले वसपार्ककाे स्वर्गद्वारी नमूना वसपार्क नामाकरण समेत गरेकाे छ । अव वसपार्क व्यवस्थित रुपले संचालनमा ल्याइ विगत केही समयदेखि भिङग्री बजारमा सवारी साधनका कारण अाएकाे अस्तव्यस्थता तथा उत्पन्न भएकाे समस्यालार्इ पूर्णरुपमा सामाधान गरिने र कुनैपनी यात्रु तथा यातायातकाे साधनहरुले समस्या वेहार्नु नपर्ने अध्यक्ष भिमले बताउनुभयाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...