News Portal

रेडियो सुन्नुहोस्

प्रश्न सोध्ने पत्रकार उत्तर दिने ठाउँमा

मधुसुधन पोख्रेलजेठ 4
२३२३ पटक
जेठ 4

स्थानीय तहको निर्वाचनमा प्यूठानका ४ पत्रकारहरु निर्वाचित भएका छन । लामो सयम सम्म पत्रकारीता बाट समाज रुपान्त्रण गर्नमा सहजता प्रदान गर्ने पत्रकारहरु स्थानिय तहको नेतृत्व समाल्ने स्थानमा पुगेका हुन ।
जनताका विभिन्न समस्याहरु सरोकारवालाहरुलाई सजग बनाउनमा पत्रकारहरुको भुमिका निकै थियो । आज प्रस्न गर्ने पत्रकारहरुको नेतृत्वले जनताका समस्याहरुलाई कति सम्वोधन गर्छ भन्ने विषयमा मान्छेहरुमा चर्चा समेत चलिरहेको छ ।
लामो समय पत्रकारीता बाट राजनितिमा लागेका देवेन्द्र बर्मा प्यूठान नगरपालिकाको उप– प्रमुखमा निर्वाचित भएका छन । त्यस्तै नेपाल पत्रकार महासंघका प्यूठानका निर्वतमान अध्यक्ष महाविर राना पनि गौमुखी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन । लोमो समय खरो पत्रकारीता गरेका नेपाल पत्रकार महासंघकाका सदस्य प्रमोद पोख्रेल पनि झिमरुक गाउकापालिकाको उपाध्यक्षमा निवाचित भएका छन । त्यस्तै जनताका प्रस्नहरुलाई बारम्बार सरोकारवालासंग छलफल गरी तिखा प्रस्न तेर्साउने नेपाल पत्रकार महासंघको पुर्व सह सचिव नोमराज पौडेल पनि मल्लरानी गाउँपालिकाको वडा अध्यक्षमा निर्वाचित भएका छन ।
यहाँ यो भएन त्यहाँ यो भएन भनेर बारम्बार कुरा उठाउँने पत्रकारहरु विकास निर्माण तथा योजनाको सकृय ठाउँमा पुग्दा यिनीहरु ले केहि गर्छनकी भन्ने कुरा चोक चोकमा चर्चा समेत हुन थालेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...