News Portal

रेडियो सुन्नुहोस्

च्याउ खेतिमा सकृय वन्दै प्यूठानी महिला नमा

सिता वि क/प्यूठान
१४८७ पटक

त्यतिकै घर समय खेर फालेर के मिल्छ बरु आफनै मेहनत र परिश्रम गरी केही उत्पादनमुलक क्षेत्रमा लागी सबै पाउन सकिन्छ यो भनाई हो प्यू न पा ९ मजुवा निबासी ३७ बर्षिय नमा के सि को हो ।

च्याउ उत्पादन गरी राम्रो मुल्यमा बिक्रि हुन थालेपछि के सि यही पेशामा हाम फालेकी छिन हिजो आज स्थानीय स्तरमै च्याउको माग बढेपछि ग्राहकलाई च्याउ पुरयाउन निकै हम्मे हम्मे परेको छ ।

सुरुमा १५ वटा च्याउ फल्ने डल्ला बाट सुरु गरीएपनि अहिले ७५ वटा डल्ला बाट मासिक २० हजार सम्म कमाउछिन ।

सुरुमा जिल्ला लघु उद्यमी समुह संघको सहयोगमा तालिम पदान भयो उनले भनिन पछि व्यबसाय नै च्याउ उत्पादन गर्ने भयको छ । उनले च्याउ उत्पादन गरी बिक्रि वितरण गर्न थालेको ७ बर्ष भैसक्यो ।सुरुमा ड्रम,स्प्रे,ओदान, पराल काटने मेशिन तालिम प्रदान गर्ने संस्थाले उपलब्ध गरायपनि पराल,विउ लगायत च्याउ उत्पादन गर्न लाग्ने सरसामान जिल्ला भित्र बाट लिने गरेको के सि ले सुनाईन । व्यबसाय फैलदै गएपछि कमाई राम्रो हुदा छोराछोरी लाई काठमाण्डौ मा पढाउन सफल भएको उनले बताईन ।श्रीमान प्रा.बी शिक्षक हुनुहुन्छ ,उहाले कमाएको रकमले पारीबारीक गुजारा गर्न निकै धौ धौ हुने थियो । उनले भनिन च्याउ उत्पादन गर्न थालेपछि महिना महिनामा केटाकेटी ले पढने कोठा भाडा तिर्न धेरै सहज भएको बताइन । च्याउ उत्पादन गर्न थालेपछि निकै राम्रो भइरहेको छ, के सि ले भनिन सानो काम भएपनि आम्दानी ठिकै हुन्छ । च्याउ बिक्रि गरेको कमाइले काठमाण्डौमा छोराछोरीलाई कोठाभाडा तिर्न सहयोग भएको उनले बताइन । उत्पादन गरिएको च्याउ खोज्दै घरमै आउछन भने कहिलेकाही बा लिन आउछन् । कहिलेकाहि माग भयो भने बाग्दुला बजार सम्म पुर्याउछु । उनले भनिन् किनेर लैजाने भन्दा माग्ने उत्तिकै हुन्छन ।तर सिप सिक म सिकाउछु भन्छु भने पनि कसैले सिक्ने मन गर्दैनन ।

गत बर्ष जिल्ला कृषि बिकास कार्यालयमा अनुदान का लागि फारम भरेको थिय तर व्यबसाय नगर्ने लाइ सिफारीस गरीयो तर मलाई कुनै सहयोग प्राप्त नभएकोमा उनको सुनाइन । पहुच र भनसुनको आधारमा सहयोग पाउने परीपाटी नभई व्यबसाय गर्दै आएको लाई सहगोग हुन सकेमा आफु मात्र नभइ सबैलाइ राहत हुनेथियोकी के.सि ले बताईन । कहिलेकाही अनुकुल मौषमले गर्दा च्याउ कुहिने हुन्छ गत बर्ष २० हजार बराबरको च्याउ कुहिएपछि आधा बराबरको रकम वडा कार्यालय बाट सहयोग मिलेको के.सि ले खुसि व्यक्त गरीन । उत्पादन हुने च्याउ छिटो खराब हुने भएकाले केहि समय टिकाई राखि पछि सम्म बेच्न नसकिने भएकाले त्यस्तो खालको औजार भएमा धेरै संख्यामा च्याउ उमार्ने डल्ला बनाउने आशा रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...