News Portal

रेडियो सुन्नुहोस्

च्याउ खेतिमा सकृय वन्दै प्यूठानी महिला नमा

सिता वि क/प्यूठान
१२१८ पटक

त्यतिकै घर समय खेर फालेर के मिल्छ बरु आफनै मेहनत र परिश्रम गरी केही उत्पादनमुलक क्षेत्रमा लागी सबै पाउन सकिन्छ यो भनाई हो प्यू न पा ९ मजुवा निबासी ३७ बर्षिय नमा के सि को हो ।

च्याउ उत्पादन गरी राम्रो मुल्यमा बिक्रि हुन थालेपछि के सि यही पेशामा हाम फालेकी छिन हिजो आज स्थानीय स्तरमै च्याउको माग बढेपछि ग्राहकलाई च्याउ पुरयाउन निकै हम्मे हम्मे परेको छ ।

सुरुमा १५ वटा च्याउ फल्ने डल्ला बाट सुरु गरीएपनि अहिले ७५ वटा डल्ला बाट मासिक २० हजार सम्म कमाउछिन ।

सुरुमा जिल्ला लघु उद्यमी समुह संघको सहयोगमा तालिम पदान भयो उनले भनिन पछि व्यबसाय नै च्याउ उत्पादन गर्ने भयको छ । उनले च्याउ उत्पादन गरी बिक्रि वितरण गर्न थालेको ७ बर्ष भैसक्यो ।सुरुमा ड्रम,स्प्रे,ओदान, पराल काटने मेशिन तालिम प्रदान गर्ने संस्थाले उपलब्ध गरायपनि पराल,विउ लगायत च्याउ उत्पादन गर्न लाग्ने सरसामान जिल्ला भित्र बाट लिने गरेको के सि ले सुनाईन । व्यबसाय फैलदै गएपछि कमाई राम्रो हुदा छोराछोरी लाई काठमाण्डौ मा पढाउन सफल भएको उनले बताईन ।श्रीमान प्रा.बी शिक्षक हुनुहुन्छ ,उहाले कमाएको रकमले पारीबारीक गुजारा गर्न निकै धौ धौ हुने थियो । उनले भनिन च्याउ उत्पादन गर्न थालेपछि महिना महिनामा केटाकेटी ले पढने कोठा भाडा तिर्न धेरै सहज भएको बताइन । च्याउ उत्पादन गर्न थालेपछि निकै राम्रो भइरहेको छ, के सि ले भनिन सानो काम भएपनि आम्दानी ठिकै हुन्छ । च्याउ बिक्रि गरेको कमाइले काठमाण्डौमा छोराछोरीलाई कोठाभाडा तिर्न सहयोग भएको उनले बताइन । उत्पादन गरिएको च्याउ खोज्दै घरमै आउछन भने कहिलेकाही बा लिन आउछन् । कहिलेकाहि माग भयो भने बाग्दुला बजार सम्म पुर्याउछु । उनले भनिन् किनेर लैजाने भन्दा माग्ने उत्तिकै हुन्छन ।तर सिप सिक म सिकाउछु भन्छु भने पनि कसैले सिक्ने मन गर्दैनन ।

गत बर्ष जिल्ला कृषि बिकास कार्यालयमा अनुदान का लागि फारम भरेको थिय तर व्यबसाय नगर्ने लाइ सिफारीस गरीयो तर मलाई कुनै सहयोग प्राप्त नभएकोमा उनको सुनाइन । पहुच र भनसुनको आधारमा सहयोग पाउने परीपाटी नभई व्यबसाय गर्दै आएको लाई सहगोग हुन सकेमा आफु मात्र नभइ सबैलाइ राहत हुनेथियोकी के.सि ले बताईन । कहिलेकाही अनुकुल मौषमले गर्दा च्याउ कुहिने हुन्छ गत बर्ष २० हजार बराबरको च्याउ कुहिएपछि आधा बराबरको रकम वडा कार्यालय बाट सहयोग मिलेको के.सि ले खुसि व्यक्त गरीन । उत्पादन हुने च्याउ छिटो खराब हुने भएकाले केहि समय टिकाई राखि पछि सम्म बेच्न नसकिने भएकाले त्यस्तो खालको औजार भएमा धेरै संख्यामा च्याउ उमार्ने डल्ला बनाउने आशा रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...