News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेड्क्रस सोसाइटी प्युठान जिल्ला शाखाको ३६ औ वार्षिक साधारण सभा जुम्रिमा

गित गाैतमजेठ २२
१४८२ पटक
जेठ २२

प्युठानः   नेपाल रेड्क्रस सोसाइटी प्युठान जिल्ला शाखाको ३६ औ बार्सिक साधारण सभा सम्पन्न भएको छ । नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा प्युठानको आयोजना एबम नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखा र प्युठान नगरपालिका ४ बिजुवारको प्यूठानको आथित्यतामा होटल व्यावसायी संघ तथा सुचना केन्द्र प्युठानको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्युठान जिल्ला शाखाको बार्सिक प्रतिबेदन प्रस्तुत शाखाका मन्त्री दामोदर शर्माले गर्नुभएको थियो । त्यस्तै आर्थिक प्रतिबेदन प्रस्तुत शाखाका कोषाध्यक्ष घनश्याम भुसालले गर्नुभएको थियो । पालिकाको मातहतमा रहने गरि प्रतेक पालिकामा एक एक वटा उपशाखा बिस्तार गरिनुपर्ने कुरामा सबैले जोड दिनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
साथै उनीहरुले रगत दान जीवन दान भन्ने कुरालाइ आत्मसात गर्दै रगत दिनेकुरामा आफू मात्र नभएर अरुलाइ पनि प्रोत्साहन गर्नुपर्ने जोड दिए । कार्यक्रममा ५ जनालाई प्रमाण पत्र र दोसल्लहा ओढाएर सम्मान गरिएको छ । सम्मानित हुनेमा तुलसी स्मृती पुरुस्कार मार्फत सामाजिक व्यक्तित्व डां. लेखराज सुवेदी,नेरेसो बादिकोट उपशाखाबाट क्रियासिल स्वास्थ्यकर्मी खिम प्रसाद पार्धे,रेडक्रस अभियान प्रचार प्रसारमा क्रियाशिल संचारकर्मी अनुज पछाई,उत्कृष्ट कर्मचारी नेरेस प्यूठान शाखाका प्रशासन तथा लेखा सहायक देवीराम शर्मा र उत्कृष्ट स्वंम सेवक खडक बहादुर केसी रहेका छन । कार्यक्रममा प्रमुख आथित्यता प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानका अध्यक्ष गुमान राज पुलामिको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्युठान जिल्लाका विभिन्न शाखा र उपशाखाका सभापति , कर्मचारी ,स्वमसेबक जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , सन्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...