News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावले सुनारको उपचारमा समस्या : परिवारबाट सहयोगको याचना

दीपेन्द्र सुनार२०७९ असार १७, प्यूठान
१०१५ पटक
२०७९ असार १७, प्यूठान

आर्थिक अभावले झिमरुक गाउँपालिका १ सौतामारेका १७ वर्षिय बिमल सुनारको उपचारमा समस्या परेको छ ।
सुनार असार ६ गते भारतको हिसारमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनी अहिले भारतको हरियाणामा चुडामणि मल्टीस्पेशलिटी अस्पतालमा उपचाररत छन् ।

सुनार सवार मोटरसाइकल एक्कसी नजिकैको रुखमा ठोक्किएर गम्भीर दुर्घटनामा परी उनको दाहिने खुट्टा भाचिएको थियो । उनी दुर्घटना पश्चात् अचेत अवस्थामा खेतमा भेटिएका थिए । उनलाई उनका साथी र मामा राजकुमार वि.क.ले उद्धार गरि अस्पताल पुर्याएका थिए ।

 

उनको खुट्टाको सल्यक्रियाका गर्नुपर्ने भएकाे छ । तर सल्यक्रियाका लागि करिब ३ लाख पचास हजार रुपैयाँ भारतीय रकम खर्च लाग्ने भएकोले आर्थिक अभाव हुँदा उपचारमा समस्या उत्पन्न भएको हो ।

बिमलका बाबु करिव १ वर्ष देखि सम्पर्कविहिन छन् । त्यसैले उनका परिवार बिमलको कमाइमै आश्रीत रहेको उनकी हजुरआमा सुमित्रा सुनारले बताइन् । उनी भन्छिन् “कतै पैसाको अभावले नातीको उपचार नहुने हो कि? एक वर्ष देखि नाती कै सहारामा परिवार चलेको थियो।” उनले आफ्नो नातीको उपचारको लागि सहयोगको याचना समेत गरेकि छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...