News Portal

रेडियो सुन्नुहोस्

राेल्पाका सुनछहरीमा पर्यटन अभियान

हर्क घर्तीमगर, राेल्पा स्यूरीभाद्र ०२
१८८२ पटक
भाद्र ०२

संयुक्त सुनछहरी युवा क्लव सुनछहरी स्यूरीकाे अायाेजना सुनछहरी गाउँपालिका ४ नं. वडाकाे समन्वयमा “पर्यटन र हाम्राे यात्रा संगसंगै” अभियानकाे शुभारम्भ कार्यक्रम सुनछहरी झरणाकाे प्राङ्गणमा सम्पन्न भएकाे छ । संयुक्त सुनछहरी युवा क्लवका अध्यक्ष मनकुमार घर्तीमगरकाे अध्यक्षता एवं सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनमगरकाे प्रमुख अातिथ्यता जनप्रतिनिधि स्थानिय राजनैतिकदल युवा क्लव शिक्षक बुध्दिजिवि स्थानियकाे उपस्थितिमा अभियान शुभारम्भ गरीएकाे हाे ।

अभियानकाे शुभारम्भ गर्दै प्रमुख अतिथि पुनले गाउँ पालिकाबाट हुनसक्ने सहयाेगमा कुनै कमि हुननदिने प्रतिबद्दता व्यक्त गर्नुभएकाे छ । यस्तै ४ नं. वडा अध्यक्ष एवं गाउँ कार्यपालिका सदस्य खडक बहादुर घर्तीमगरले अाफ्नाे स्थानबाट हुने पहल र समन्वयमा कुनै कसुर बाकि नराखि लागि पर्ने प्रतिबद्दता व्यक्त गर्नु भयाे ।

अभियान अन्तरगत सुनछहरी गाउँपालिका भित्र रहेका पर्यटकीय सम्भावना बाेकेका क्षेत्रहरूकाे प्राेफाइल निर्माण गरी सम्बन्धित निकायमा पेश गर्ने लक्ष्य रहेकाे अायाेजकले बताएकाे छ । सुनछहरी गाउँ पालिका भित्र प्राकृतिक पर्यटन सम्भावनामा स्यूरीकाे सुनछहरी झरणा,गामकाे बिबाङ दह(ताल),काेठिभिर घुस्बाङकाे तिलाचन दह(ताल) जलजला जेल्बाङकाे फलाम खानि रहेका छन भने । युद्द पर्यटनमा शहिद गाउँ जेल्बाङ तमाके भिडन्त लगायत छन भने स्थानीय सँस्कृति परम्परा समेतलाइ प्रबर्द्दन गर्न सकिने सम्भावना रहेकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...