News Portal

रेडियो सुन्नुहोस्

राेल्पाका सुनछहरीमा पर्यटन अभियान

हर्क घर्तीमगर, राेल्पा स्यूरीभाद्र ०२
१३४० पटक
भाद्र ०२

संयुक्त सुनछहरी युवा क्लव सुनछहरी स्यूरीकाे अायाेजना सुनछहरी गाउँपालिका ४ नं. वडाकाे समन्वयमा “पर्यटन र हाम्राे यात्रा संगसंगै” अभियानकाे शुभारम्भ कार्यक्रम सुनछहरी झरणाकाे प्राङ्गणमा सम्पन्न भएकाे छ । संयुक्त सुनछहरी युवा क्लवका अध्यक्ष मनकुमार घर्तीमगरकाे अध्यक्षता एवं सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनमगरकाे प्रमुख अातिथ्यता जनप्रतिनिधि स्थानिय राजनैतिकदल युवा क्लव शिक्षक बुध्दिजिवि स्थानियकाे उपस्थितिमा अभियान शुभारम्भ गरीएकाे हाे ।

अभियानकाे शुभारम्भ गर्दै प्रमुख अतिथि पुनले गाउँ पालिकाबाट हुनसक्ने सहयाेगमा कुनै कमि हुननदिने प्रतिबद्दता व्यक्त गर्नुभएकाे छ । यस्तै ४ नं. वडा अध्यक्ष एवं गाउँ कार्यपालिका सदस्य खडक बहादुर घर्तीमगरले अाफ्नाे स्थानबाट हुने पहल र समन्वयमा कुनै कसुर बाकि नराखि लागि पर्ने प्रतिबद्दता व्यक्त गर्नु भयाे ।

अभियान अन्तरगत सुनछहरी गाउँपालिका भित्र रहेका पर्यटकीय सम्भावना बाेकेका क्षेत्रहरूकाे प्राेफाइल निर्माण गरी सम्बन्धित निकायमा पेश गर्ने लक्ष्य रहेकाे अायाेजकले बताएकाे छ । सुनछहरी गाउँ पालिका भित्र प्राकृतिक पर्यटन सम्भावनामा स्यूरीकाे सुनछहरी झरणा,गामकाे बिबाङ दह(ताल),काेठिभिर घुस्बाङकाे तिलाचन दह(ताल) जलजला जेल्बाङकाे फलाम खानि रहेका छन भने । युद्द पर्यटनमा शहिद गाउँ जेल्बाङ तमाके भिडन्त लगायत छन भने स्थानीय सँस्कृति परम्परा समेतलाइ प्रबर्द्दन गर्न सकिने सम्भावना रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...