News Portal

रेडियो सुन्नुहोस्

सुशासन र पारर्दशिताको सवालमा कुनै संझौता नगरि निरन्तर सेवा प्रवाह गर्न जोड

झुलेनी नेटवर्क२०७९ असार ३०, प्यूठान
८८४ पटक
२०७९ असार ३०, प्यूठान
मल्लरानी गाउँपालिकाले दोश्रो गाउँसभाको प्रथम अधिवेशनको चौथो बैठकले पालिका कर्मचारीलाई सम्मान गरेको छ । पालिकाले प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा र लेखाअधिकृत कमान सिंह के.सी.लाई मल्लरानी गाउँपालिकाको शुन्य बेरुजु हुनुमा उनीहरुको प्रशंसा स्वरुप दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको हो ।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बुधबार महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिकप्रतिवेदन अनुसार मल्लरानी गाउँपालिकाको सुशासन र पारर्दशिता पूर्ण रुपमा कायम रहेको भन्दै कर्मचारी तथा पूर्वजनप्रतिनिधीहरुलाई धन्यावाद गरेका छन् ।
त्यस्तै शुसासान र पारर्दशिताको सवालमा कुनै संझौता नगरि गाउँवासीहरुलाई निरन्तर सेवा प्रदान गर्ने मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । गाउँपालिका स्तरिय अनुगमन समितिका संयोजक समेत रहेका श्रेष्ठले योजनाहरुको घ चरणमा अनुगमन गर्दै गुणस्तरीय काम गरि पालिकाको समग्र विकासमा जोड दिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...