News Portal

रेडियो सुन्नुहोस्

सुशासन र पारर्दशिताको सवालमा कुनै संझौता नगरि निरन्तर सेवा प्रवाह गर्न जोड

झुलेनी नेटवर्क२०७९ असार ३०, प्यूठान
१००५ पटक
२०७९ असार ३०, प्यूठान
मल्लरानी गाउँपालिकाले दोश्रो गाउँसभाको प्रथम अधिवेशनको चौथो बैठकले पालिका कर्मचारीलाई सम्मान गरेको छ । पालिकाले प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा र लेखाअधिकृत कमान सिंह के.सी.लाई मल्लरानी गाउँपालिकाको शुन्य बेरुजु हुनुमा उनीहरुको प्रशंसा स्वरुप दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको हो ।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बुधबार महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिकप्रतिवेदन अनुसार मल्लरानी गाउँपालिकाको सुशासन र पारर्दशिता पूर्ण रुपमा कायम रहेको भन्दै कर्मचारी तथा पूर्वजनप्रतिनिधीहरुलाई धन्यावाद गरेका छन् ।
त्यस्तै शुसासान र पारर्दशिताको सवालमा कुनै संझौता नगरि गाउँवासीहरुलाई निरन्तर सेवा प्रदान गर्ने मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । गाउँपालिका स्तरिय अनुगमन समितिका संयोजक समेत रहेका श्रेष्ठले योजनाहरुको घ चरणमा अनुगमन गर्दै गुणस्तरीय काम गरि पालिकाको समग्र विकासमा जोड दिने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...