News Portal

रेडियो सुन्नुहोस्

टाेल-टाेलमा प्रहरी अभियान कार्यक्रम स्वर्गद्वारीमा

सिखबर संवाददाताभाद्र १० स्वर्गद्वारी, प्यूठान
१८१४ पटक
भाद्र १० स्वर्गद्वारी, प्यूठान

जिल्ला प्रहरी कार्यालय प्यूठानकाे बार्षिक कार्ययाेजना अनुसार टाेल-टाेलमा प्रहरी अभियान कार्यक्रम अन्तरगत स्वर्गद्वारी नगरपालिका वडा नं- ४ काे वडा कार्यालयमा घरेलु तथा लैङगिक बालबालिका हिंसा विरुद्द विषयक अन्तरक्रिया कार्यक्रम अाइतवार सम्पन्न भएकाे छ ।

इलाका प्रहरी कार्यालय भिङग्रीकाे अायाेजना एवम् स्वर्गद्वारी नगरपालिका वडा नं-४ काे अार्थिक सहयाेगमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे । वडा अध्यक्ष सुरेन्द्र हमालकाे अध्यक्षतामा सुरु भएकाे अन्तरक्रिया कार्यक्रमकाे सहजगिकरण इलाका प्रहरी कार्यालय भिङग्रीका प्रहरी प्रमुख घनश्याम केसीले गर्नुभएकाे थियाे ।

अन्तरक्रिया कार्यक्रममा वडाका जन-प्रतिनिधि, बचत तथा सहकारी संस्थाका पदाधिकारी, समाजसेवी बुद्धिजीवि लगायत स्थानीय वडावासी गरी ३३ जनाकाे सहभागिता रहेकाे थियाे । अन्तरक्रिया कार्यक्रमकाे सहजिकरण गर्दै प्रहरी प्रमुख केसीले घरेलु तथा लैङगिक हिंसालार्इ न्यूनिकरण गर्नकाे लागि समाजका सबै सदस्यहरु जिम्मेवारीपूर्ण तरिकाले सक्रिय भएपछि मात्र संम्भव हुने हुदा यस अभियानलार्इ सफल पार्नकाे लागि सबैलार्इ अनुराेध समेत गर्नुभएकाे थियाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...