News Portal

रेडियो सुन्नुहोस्

करको दायरा नघटाए आन्दोलन गर्ने  नेकपा एमाले नगरकमिटीकाे चेतावनी

झुलेनी पाेष्ट२०७९साउन २९, प्यूठान ।
३२२ पटक
२०७९साउन २९, प्यूठान ।

नेपाल कम्युनिष्ट पार्टी एमाले प्यूठान नगर कमीटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले घरजग्गाकाे कर वृद्धि गरेको भन्दै कर घटाउनका लागि आईतबार प्यूठान नगरपालिकालाई ध्यानआकर्षण पत्र बुझाएको हो ।

भर्खरै निर्वाचित नयाँ जनप्रतिनिधीले जनतालाई राहत दिनुको सट्टा चर्को कर असुली गैर जिम्मेवार काम गरेको भन्दै कमिटीले नगरपालिकाको ध्यानाकर्षण गराएको नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले बताए ।

कमिटीले नगरपालिकाको उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेको छ । यदि यस निर्णयप्रति नगरपालिका गम्भीर भएर नसोचेको खण्डमा नगरकमिटीले विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

पत्र बुझ्दै  पालिकाको नगर सभाबाट पारित भएको घर जग्गाको कर मुल्याकंनका आधारमा बढाउने निर्णय गरेता पनि जनताको आवाश्यक्तालाई ध्यानमा राखि यो विषयलाई छलफलमा लैजाने नगरपालिका  प्रवक्ता सुमन श्रेष्ठले बताए ।

 

ध्यानाकर्षण पत्र पुरा पढ्नुहाेस

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...