News Portal

रेडियो सुन्नुहोस्

निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढ्दै

झुलेनी पोष्ट २०७९ साउन ३१, प्यूठान
८८८ पटक
२०७९ साउन ३१, प्यूठान

प्यूठानको जुम्रीमा निशुल्क थेरापी गर्नेहरुको आकर्षण बढेको छ । एचवान ग्रुपले संचालन गरेको निशुल्क थेरापीमा थेरापी गर्नेहरुको जमाथ बढेको हो ।

नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याइएको थेरापी सेवामा जिल्लाका करिव १ सय ५० जनाले निशुल्क सेवा लिइरहेको एचवान ग्रुपका अध्यक्ष जनक भुसालले बताए ।

विगत एक दशक देखि देशका ३० केन्द्रबाट थेरापी सेवा संचालन गरेको भुसालको भनाई छ । थेरापी संचालन भएका जिल्ला तथा केन्द्रमा यसको प्रभाव राम्रो देखिएको भुसालले बताए । लामो समय विभिन्न रोगहरुबाट ग्रसित नागरिकहरु निको भएर खुसी भएको भुसालको दावी छ ।

लामो समयसम्म आफु रोगले थलिए पछि थेरापी गरि आफ्नो जिवन सहज भएको अनुभव सुनाउदै थेरापी सेवामा लागेको ग्रुपका म्यानेजर कोमल प्रसाद खनालले यो सेवा दिन धेरै चुनौति भए पनि सेवानै ठुलो कुरा भएको बताए ।

देशका सवै केन्द्रहरुमा यसको आकर्षण बढ्दो क्रममा रहेको उनको भनाई छ । अहिले सवै केन्द्रमा दैनिक आठ हजार भन्दा बढिले सेवा लिइरहेको समेत खनालले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...