


सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ
लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा अर्घाखाँचीको मालारानी गाउँपालिका ४ का दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका उनिहरुलाई सन्धिखर्क अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा भएको दुर्घटनामा अन्य दुई जना घाईते भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

