News Portal

रेडियो सुन्नुहोस्

बाग्दुलामा ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण

झुलेनी नेटवर्क२०८१ चैत ७
६०९ पटक
२०८१ चैत ७

मानसिक स्वास्थ्य प्रवद्र्धना लागि योग ध्यान कार्यक्रम अन्तरगत बाग्दुलामा ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको निशुल्क स्वास्थ्य परिक्षण कार्यकममा पतन्जली योग समिति मार्फत बाग्दुलामा नियमित योग गरिरहेका ३० जना स्थानीयकोे मदुमेह , उच्च रक्तचाप , उचाइ अनुसारको तौल जाँच गरिएको हो ।

जाँच गरिएकाहरुमध्य उच्च रक्तचापको समस्या भएका विरामी ९ जना , मदुमेह (सुगर) का विरामी ५ जना र उचाइ अनुसार तौल बढी भएका विरामीहरु २४ जना पहिचान भएका छन ।

२०६८ सालदेखी बाग्दुलामा सुरु गरिएको योग अभ्यास हाल पतन्जलिको आफ्नै हलबाट नियमित ४० जनाले योग गरिरहेको पतन्जली योग समिति प्यूठानका अध्यक्ष केदारमान कक्षपतिले बताए ।

नियमित योग गरेर शरिर तन्दुरुस्त हुने भन्दै पतन्जली योग समिति लुम्वीनी प्रदेसका सदस्य माधव प्रसाद भण्डारीले आफ्नो प्रेसर र युरिक एसिड कन्ट्रोल भएकोे बताए । उनले सवैलाइ नियमित योग गर्न आग्रह गरेका छन ।

हाल प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाको क्वाडि बालमन्दिर र जिल्ला समन्वय समिति खलंगा गरि २ वटा ठाउबाट नियमित रुपमा योग अभ्यास सहित मानसिक स्वास्थ्य समस्या समाधानका लागी सकारात्मक सोचका कक्षाहरु संचालन गरेको प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरिक्षक टुक बहादुर रोकाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...