News Portal

रेडियो सुन्नुहोस्

बाग्दुलामा ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण

झुलेनी नेटवर्क२०८१ चैत ७
८१७ पटक
२०८१ चैत ७

मानसिक स्वास्थ्य प्रवद्र्धना लागि योग ध्यान कार्यक्रम अन्तरगत बाग्दुलामा ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको निशुल्क स्वास्थ्य परिक्षण कार्यकममा पतन्जली योग समिति मार्फत बाग्दुलामा नियमित योग गरिरहेका ३० जना स्थानीयकोे मदुमेह , उच्च रक्तचाप , उचाइ अनुसारको तौल जाँच गरिएको हो ।

जाँच गरिएकाहरुमध्य उच्च रक्तचापको समस्या भएका विरामी ९ जना , मदुमेह (सुगर) का विरामी ५ जना र उचाइ अनुसार तौल बढी भएका विरामीहरु २४ जना पहिचान भएका छन ।

२०६८ सालदेखी बाग्दुलामा सुरु गरिएको योग अभ्यास हाल पतन्जलिको आफ्नै हलबाट नियमित ४० जनाले योग गरिरहेको पतन्जली योग समिति प्यूठानका अध्यक्ष केदारमान कक्षपतिले बताए ।

नियमित योग गरेर शरिर तन्दुरुस्त हुने भन्दै पतन्जली योग समिति लुम्वीनी प्रदेसका सदस्य माधव प्रसाद भण्डारीले आफ्नो प्रेसर र युरिक एसिड कन्ट्रोल भएकोे बताए । उनले सवैलाइ नियमित योग गर्न आग्रह गरेका छन ।

हाल प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाको क्वाडि बालमन्दिर र जिल्ला समन्वय समिति खलंगा गरि २ वटा ठाउबाट नियमित रुपमा योग अभ्यास सहित मानसिक स्वास्थ्य समस्या समाधानका लागी सकारात्मक सोचका कक्षाहरु संचालन गरेको प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरिक्षक टुक बहादुर रोकाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...