News Portal

रेडियो सुन्नुहोस्

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

झुलेनी नेटवर्क२०८१ चैत्र २५
९१५ पटक
२०८१ चैत्र २५

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।

सन १९१४ अक्टोबर २४ देखि ३० नोमेम्बर १९१४ सम्म १ महिना ७ दिन अंग्रेज फौजसंग नालापानी किल्लामा कप्तान बलभद्र कुवारसंगै लडेका कम्पनी कमान्डर प्यूठान रम्दीका दयाराम खड्काको राज्यले मूल्यांकन नगरेको उनीहरुको गुनासो छ । दयाराम नालापानी किल्लामा लड्दा प्रयोग गरीएका हातहतीयार खड्क, छुरी, तरबार, ढाल स्थानीयले अझै संरक्षण गरेर राखेका छन् ।

रम्दीका खड्काहरुले नेपालको ईतिहासमा पु¥याएको बीरता र उनीहरुले समाजमा पु¥याउदै आएको योगदानको बारेमा अध्ययन गर्न स्थानीय बेदबहादुर खड्काले रम्दीकोटे पुँवार खड्काहरुको वंशावली समेत तयार पारेका छन् । उनले प्रकाशन गरेको वंशालीमा खड्काहरुको योगदानको बारे चर्चा गरिएको छ ।

यहाँका खड्काहरुले रम्दीकोटे पुँवार खड्का संरक्षण समिति समेत गठन गरेका छन् । समितिकै अगुवाइमा आईतबार संघिय संसद राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेलाइ रम्कोटमा रहेका विभिन्न मठ,मन्दिर, खड्काहरुको पूखौली थलोको स्थलगगत अवलोन समेत गराएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...