News Portal

रेडियो सुन्नुहोस्

सुसाईट नोटमा ‘म गएँ, कसैलाई आरोप नलगाउनुु’ लेखेर प्रहरीले गरे आत्महत्या

सिखबर संवाददाता०७ असोज
१०७० पटक
०७ असोज

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले गोली हानेर आत्महत्या गरेका छन्।  पुतलीबजार नगरपालिका- १ मा रहेको कारागारमा आइतबार साँझको ड्युटीमा खटिएका २४ वर्षीय थापाले आफैले बोकेको राइफललाई च्यापुमा अड्याएर खुट्टाले दवाएर गोली हानी आत्महत्या गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

नवलपरासीस्थित त्रिबेणी गाउँपालिकाका थापाले बिहान ४ बजे मार्कफोर राइफलले आफैलाई गोली हानेपछि घाइते भएका थापालाई थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्‍याएलगत्तै  मृत घोषणा गरेको हो।

२०७० सालादेखि प्रहरीको जागिरे भएका थापा २ महिना अघिमात्र पोखराबाट सरुवाभई स्याङ्जा आएका हुन्। कागतको टुक्रामा ‘म गएँ, कसैलाई आरोप नलगाउनु’ भनी लेखेको सुसाइट नोट समेत भेटिएको प्रहरीले जनाएको छ।

आइतबार साँझ ड्युटीमा गएका थापाले किन र के कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख सापकोटाले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...