News Portal

रेडियो सुन्नुहोस्

सुसाईट नोटमा ‘म गएँ, कसैलाई आरोप नलगाउनुु’ लेखेर प्रहरीले गरे आत्महत्या

सिखबर संवाददाता०७ असोज
१४७५ पटक
०७ असोज

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले गोली हानेर आत्महत्या गरेका छन्।  पुतलीबजार नगरपालिका- १ मा रहेको कारागारमा आइतबार साँझको ड्युटीमा खटिएका २४ वर्षीय थापाले आफैले बोकेको राइफललाई च्यापुमा अड्याएर खुट्टाले दवाएर गोली हानी आत्महत्या गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

नवलपरासीस्थित त्रिबेणी गाउँपालिकाका थापाले बिहान ४ बजे मार्कफोर राइफलले आफैलाई गोली हानेपछि घाइते भएका थापालाई थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्‍याएलगत्तै  मृत घोषणा गरेको हो।

२०७० सालादेखि प्रहरीको जागिरे भएका थापा २ महिना अघिमात्र पोखराबाट सरुवाभई स्याङ्जा आएका हुन्। कागतको टुक्रामा ‘म गएँ, कसैलाई आरोप नलगाउनु’ भनी लेखेको सुसाइट नोट समेत भेटिएको प्रहरीले जनाएको छ।

आइतबार साँझ ड्युटीमा गएका थापाले किन र के कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख सापकोटाले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...