News Portal

रेडियो सुन्नुहोस्

स्याउलिबाङमा अबको यात्रा सहज हुने, बहानेबाट १ घण्टामै स्याउँलीबाङ

बिबश घर्ति मगर१३ पुष २०७९
७७९ पटक
१३ पुष २०७९

प्यूठान जिल्लाको दुर्गम ठाउँ मानिने स्याउलिबाङमा सहज रुपमा आवतजावत गर्न सकिने भएको छ । बिगतका दिनमा यातायात गर्न कठिनाई हुने त्यो ठाउँमा मोटरबाटोको अहिले निर्माणकार्य सकिएपछि सहज भएको पालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिए । गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को ३० लाख बजेटमा उपभोक्ता समितिद्धारा काम सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष निम बहादुर पुनको समिति मार्फत काम भएको थियो । बर्षौदेखीको सपना बोकेका स्याउलिबाङका स्थानीय बासीले यस बर्षबाट नियमित रुपमा गाडिको यात्रा गर्न पाउदा खुसी भएका छन् ।

बाग्लुङ सीमाना जोडीएको दुर्गग नौबहिनी–१ को स्याउलीबाङका स्थानीय लिघाको हाम्फाल पुगेर गाडि भेट्याएर बहाने झर्थे । हाम्फलको पहरो स्काभेटर लगाएर फोरेपछि हिजोआज यहि बाटो नियमीत गाडी चल्ने  भएकाे हाे । चालु आ व को ३० लाख रुपैया बजेट उपभोक्ता समिति मार्फत खर्च गरेर सडक खोलीएको हो । अब गाउपालिकाको प्रशासनिक केन्द्र बहानेबाट १ घण्टामै दुर्गम क्षेत्र मानीने स्याउलीबाङ पुग्न सकिन्छ ।   सडक बनेपनछी स्याउँलीबाङबासीलाई मात्र नभएर उत्तरी प्यूठानको खबाङ, लिघा, डाम्री बासीलाई समेत सहज भएको छ ।

नौबहिनी गाउँपालिका–१,का निवर्तमान वडाध्यक्ष सेरबहादुर सेनका अनुसार बर्सेनी स्याउँलीबाङ सडक पु¥याउने कुराले यसपाली सार्थकता पाएको छ । धेरै दुःख गरेर स्याउलीबाङ पुग्ने खोलाको छोटो सडक खुलाएको  सेनले बताए । बाहाने बजारबाट ६ घन्टा पैदल हिडेर खाद्यान्न लगेर खानु पर्ने दुःख का दिन गएकोमा यस क्षेत्रका स्थानीय खुसी छन् । नौबहिनी–६,बाहानेको लाखाचौर स्थित लुङखोलामा पक्किपुल बनिसकेको छ ।  खबाङबेसीको मुलघाट ठूलोखोला र अर्को पिनारा खोलामा पक्कि पुल बनेपछि हिउद बर्खानै सडक सुचारु हुने स्थानीय बताउ‘छन् । साविकको जिल्ला विकास समिति मार्फत ५ करोड, गतवर्ष जिल्ला पूर्वाधार विकास कार्यलयबाट ५० लाख, सांसद क्षेत्र विकास कार्यक्रमबाट ४० लाख यहि सडकमै खर्च भएको थियो । यसपालि गाउँपालिकाले ३० लाख रुपैयाँ बिनियोजन गरेपनि स्याउँलीबाङमा सडक पु¥याएकाे हाे । प्रदेश, संघ सरकारसंग समन्वय गरेर पुल र सडक स्तरोन्तीको लागि पहल गर्ने नौबहिनी गाउपालिकाका प्रमुख प्रशाससीय अधिकृत शिव पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...