News Portal

रेडियो सुन्नुहोस्

नेपाली हर्ट ग्रुप डिल्लिराज पराजुलिको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिती चयन

बोम बहादुर परियार१७ पुष २०७९
७२३ पटक
१७ पुष २०७९

टिकटक को माध्यमद्वारा सामाजिक सेवाका काम गर्दै आएको नेपाली हर्ट ग्रुपको प्रथम अधिबेसन सनिबार बुटवलमा सम्पन्न भएको छ । अधिबेशनले डिल्लिराज पराजुलिको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिती चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्ष (शम्भु लम्साल (चितवन) उपाध्यक्ष (गोबिन्द थापा (काठमाण्डौ) महासचिब (एलबि थापा (प्युठान) सचिब (प्रसना पौडेल (कास्की) कोषाध्यक्ष (रश्मि आले (काठमाण्डौ) सदस्यहरु (पिताम्बर पोख्रेल (पाल्पा) (नन्दकला पान्डे (काठमाडौ) (अर्जुन भट्टराई (काठमाडौ) (अमृत बिक्रम शाही (दैलेख) (राम बाबू गुरुङ (उदयपुर कटारी) (सुगम रिजाल (प्युठान) (पदम प्रसाद खनाल (प्युठान) (अबिरल थापा (प्युठान (तिला भुसाल (दाङ) रहेका छन ।


कार्यक्रममा प्रमुख अथिती सामाजिक एबम सरसफाई अभियान्ता के पि खनालको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती खनालले नेपालमै एउटा ऐतिहासिक सस्था रहेको बताएका छन । सरसफाईको अभियानमा हिडेका केपि ले कोहिपनि फोहोरी नभन्न आग्रह समेत गरेका छन ।
बुटवल स्थित सिद्दार्थ कटेजमा गरिएको कार्यक्रममा नेपालभर बाट ४ सय भन्दा बढी सदस्यहरुको उपस्थित रहेको थियो ।
त्यस्तै नबनिर्बाचित अध्यक्ष डिल्लिराज पराजुलिले लकडाउन बाट सुरु गरिएको सस्थाले हाल सम्म ५० भन्दा बढी ठाउहरुमा सहयोग गर्दै आएको बताए । साथै उनले भने नेपाली हर्ट ग्रुपको कार्येक्षेत्र नेपालभर हो । जसको केन्द्रिय कार्यालय प्युठान हो । नितान्त सामाजिक सेवा, गरिब, निमुखा, टुहुरा, अपांग, बालबालिका,बाढी पहिरो पिडित आदिको सहयोगको लागि काम गर्ने सस्था नेपाली हर्ट ग्रुप रहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...