News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य चौकी छाडेर जिल्ला अस्पतालमा डेलिभरी गराउने सेवाग्राहीको संख्या बढ्दै

झुलेनी पोष्ट०८ माघ २०७९
५४६ पटक
०८ माघ २०७९

जिल्ला अस्पतालमा डेलिभरी गराउने सेवाग्राहीहरुको संख्या बढ्दै गएको कार्यक्रमका प्रशिक्षक रीता न्यौपानेले बताईन् । स्वास्थ्य कार्यालय प्यूठानले आयोजना गरेको मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा अभिमुखीकरण तथा समिक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन् । गर्भवती महिलाहरु सुरक्षित रुपमा डेलिभरी हुन्छ भन्ने विश्वासकासाथ गाउँका वर्थिङ सेन्टर तथा स्वास्थ्य चौकी छाडेर जिल्ला अस्पताल पुग्ने गरेको न्यौपानेले बताएकी छन् ।

साथै उनले स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरबाटै गर्भवती महिला, आमा तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको बताईन् ।

त्यस्तै अभिमुखीकरण कार्यक्रममा मातृ तथा नवजात शिशु सम्बन्धी जानकारी, गर्भवती महिला, आमा तथा नवजात शिशुको स्याहार, हेरचाह, डेलिभरी भएको ४२ दिन सम्म आमा र शिशुको हेरचाह कसरी गर्ने, मातृ मृत्युदर तथा शिशुमृत्युदर घटाउन कसरी सकिन्छ लगाएतका विषयमा सहभागीहरुलाई अभिमुखीकरण गराइएको छ । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्का सहितका ४ जना फोकल प्रशन र प्यूठान अस्पतालका एमडिजिपी डा. सन्तोष केसी लगाएतले प्रशिक्षण गराएका थिए ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा संचालित कार्यक्रम माघ ३ गतेबाट सुरु गरिएको थियो । कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका करिब ५४ वटा वर्थिङ सेन्टर तथा स्वास्थ्य चौकीमा कार्यरत् नसिङ स्वास्थ्यकर्मी एवम् मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा संग्लन चिकित्सकहरु सहभागी भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...