News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य चौकी छाडेर जिल्ला अस्पतालमा डेलिभरी गराउने सेवाग्राहीको संख्या बढ्दै

झुलेनी पोष्ट०८ माघ २०७९
७०९ पटक
०८ माघ २०७९

जिल्ला अस्पतालमा डेलिभरी गराउने सेवाग्राहीहरुको संख्या बढ्दै गएको कार्यक्रमका प्रशिक्षक रीता न्यौपानेले बताईन् । स्वास्थ्य कार्यालय प्यूठानले आयोजना गरेको मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा अभिमुखीकरण तथा समिक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन् । गर्भवती महिलाहरु सुरक्षित रुपमा डेलिभरी हुन्छ भन्ने विश्वासकासाथ गाउँका वर्थिङ सेन्टर तथा स्वास्थ्य चौकी छाडेर जिल्ला अस्पताल पुग्ने गरेको न्यौपानेले बताएकी छन् ।

साथै उनले स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरबाटै गर्भवती महिला, आमा तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको बताईन् ।

त्यस्तै अभिमुखीकरण कार्यक्रममा मातृ तथा नवजात शिशु सम्बन्धी जानकारी, गर्भवती महिला, आमा तथा नवजात शिशुको स्याहार, हेरचाह, डेलिभरी भएको ४२ दिन सम्म आमा र शिशुको हेरचाह कसरी गर्ने, मातृ मृत्युदर तथा शिशुमृत्युदर घटाउन कसरी सकिन्छ लगाएतका विषयमा सहभागीहरुलाई अभिमुखीकरण गराइएको छ । स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्का सहितका ४ जना फोकल प्रशन र प्यूठान अस्पतालका एमडिजिपी डा. सन्तोष केसी लगाएतले प्रशिक्षण गराएका थिए ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा संचालित कार्यक्रम माघ ३ गतेबाट सुरु गरिएको थियो । कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका करिब ५४ वटा वर्थिङ सेन्टर तथा स्वास्थ्य चौकीमा कार्यरत् नसिङ स्वास्थ्यकर्मी एवम् मातृ तथा नवजात शिशु स्वास्थ्य सेवामा संग्लन चिकित्सकहरु सहभागी भएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...