News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्लामा पशु विशेषज्ञ सेवाबाट किसान वञ्चित

स्थानीय सरकारले दिन सकेन सेवा

केशर राेका१५ असोज, प्यूठान
८८६ पटक
१५ असोज, प्यूठान

प्यूठान नगरपालिका-८ बाग्दुलाका पशुपालक किसान कुलराज न्यौपानेले यसअघि गाईभैंसीमा लाग्ने रोगसम्वन्धी जिल्लाबाट विशेषज्ञ सेवा लिन्थे। झिमरुक गाइभैंसी विकास फर्मका सञ्चालक न्यौपानेले १२ वटा गाई पालेका छन्। यो साता एउटा गाई चार दिनसम्म नउठ्ने गरी ढल्यो।

विरामी गाईको उपचार गर्न पशु चिकित्सक नपाएपछि गाई मर्‍यो। ‘जिल्ला पशुसेवा कार्यालय हुँदा पशु चिकित्सकले जाँच गर्थे। रोग पत्ता लाग्थ्यो, न्यौपानेले भने, ‘औषधी खुवाएपछि वस्तु ठिक हुन्थ्यो। पछिल्लो समय त्यस्तो सेवा पाउन सकिएन।’

स्थानीय सरकार आएपछि आफूले पशुपालनसम्वन्धी विशेषज्ञ सेवा लिन नसकेको उनको गुनासो छ। जिल्लाबाट दिँदै आएको विशेषज्ञ सेवा लिन दाङ, बुटवल जानुपर्ने बाध्यता छ। जिल्लाका किसानले त्यस्ता समस्या झल्न बाध्य भएका छन्। व्यवसायीक रुपमा पशुपालनमा लागेका किसानले सेवा पाउन सकेका छैनन्। पछिल्लो समय गाउँगाउँमा व्यवसायीक रुपमा गाईभैंसी, बाख्रा, कुखुरा, बंगुर पाल्ने किसानको संख्या बढ्दो छ तर पशु चिकित्सक सेवा भने टाढिएको छ।

मल्लरानी गाउँपालिका-३ बर्वोटका विष्णु पौडेलले पालेका ढाईसय कुखुरा रोग पत्ता नलाग्दै मरे। डेढ महिना अघिदेखि उनले चुजाँठाटी बजारमा फर्म संचालन गरेका छन्। ‘पाँचसय कुखुरा पालेको थिएँ’, उनले भने, ‘आधा मरे। के रोग लाग्यो भन्ने नै थाहा भएन। पहिलो लटमै निराश बनायो।’ ३२ वर्षीय पौडेलले कुखुरापालनलाई ठूलो भोलुममा सञ्चालन गर्ने सोच बनाएका थिए। तर, कुखुरा मरेपछि उनको उत्साहमा कमी भएको छ।

स्थानीय तह पुनःसंरचनासँगै जिल्ला पशुसेवा कार्यालय खारेज भएपछि किसान सेवाबाट वञ्चित भएका हुन्। 

स्थानीय तह पुनःसंरचनासँगै जिल्ला पशुसेवा कार्यालय खारेज भएको हो। यसअघि जिल्लामा पशुविकास अधिकृत डा. शरणकुमार पाण्डे र पशुविकास अधिकृत डा. खिमानन्द खनालसहितको टोलीले विशेषज्ञ सेवा दिँदै आएका थिए। कार्यालय खारेज भएपछि किसानले सेवा पाउन सकेका छैनन्।

पहिलेकै सेवा उचित भएको किसानको भनाइ छ। व्यवसायीक रुपमा पशुपालनमा लागेका किसानलाई स्थानीय सरकारले सेवा दिन नसकेको गुनासो बढीरहेको छ। हाल जिल्लाभर सयौंको संख्यामा व्यवसायीक फर्म सञ्चालनमा छन्।

पशुमा लागेको रोग पत्ता लगाउने अत्याधुनिक भेटेरीनरी प्रयोगशाला जनशक्तिको अभावले साविकको जिल्ला पशुसेवा कार्यालय खलंगामा प्रयोग विहिन छ। दश लाख रुपैयाँ खर्चेर खरिद गरिएको प्रयोगशाला कोठामा ताल्चा लगाइएको छ। कार्यालयमा हाल पशु स्वास्थ्य प्राविधिक बसुदेव श्रेष्ठ मात्र छन्।

पशु अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले सम्पर्क कार्यालय स्थापना गर्ने भनेर व्यानर राखेको श्रेष्ठले बताए। ‘विज्ञ केन्द्रको सम्पर्क कार्यालय कसरी सञ्चालन हुने भन्ने कुनै जानकारी छैन्’, उनले भने, ‘अन्यौलमा वर्षदिन वित्यो।’

जिल्लाका कुनै पनि स्थानीय तहमा विशेषज्ञ पशु चिकित्सकको दरवन्दी छैन्। स्वर्गद्धारी नगरपालिकामा पशु चिकित्सक बावुराम न्यौपाने र प्यूठान नगरपालिकामा पुष्कर आचार्य कार्यरत भए पनि विशेषज्ञता छैन। जिल्लामा चिकित्सकसहितको टोली सञ्चालन गर्न पहल भइरहेको प्यूठान नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिएका छन्। प्रदेश ५ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्यूठानसहित बर्दिया र रुकुममा चिकित्सकसहितको टोली सञ्चालन गर्ने आश्वासन दिएको कक्षपतीले बताए। ‘मन्त्रीले जिल्लामा भएका उपकरहण कतै नपठाउन भन्नुभएको छ’, उनले भने, ‘सेवाका लागि हामीले मन्त्रालयमै पुगेर माग राखेका छौँ। जिल्लाबासीलाई सेवा लिनबाट बञ्चित गराउदैनौँ।’

 

समाचारः– अन्नपुर्ण पोष्टमा प्रकासित

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...