News Portal

रेडियो सुन्नुहोस्

उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार होः–अध्यक्ष रोसन

झुलेनी पोष्ट२७ माघ २०७९
८०० पटक
२७ माघ २०७९

प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताए । गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको शुक्रबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोसनले यस्तो बताएका हुन् । उद्यमीले सिकेको सिपलाई सदुपयोग गरि उत्पादन गरेका नयाँ–नयाँ वस्तु तथा सेवाहरुको बजारीकरण समेत स्थानीय सरकारले गर्ने अध्यक्ष रोसनले वचन दिए । यस्तै वडा अध्यक्ष प्रकाश वलीले सरकारको लगानीलाई बेवास्ता नगर्न आग्रह गर्दै विगतलाई विर्सेर नयाँ उदाहरण रच्न सहभागीहरुलाई निर्देशन दिएका छन ।

अध्यक्ष वलीले एक फरक प्रसङ्गमा कुनै पनि कार्यक्रमलाई सफल र प्रभावकारी ढंगले सम्पन्न गरे पछि मात्र थप नयाँ कार्यक्रम माग गर्न समेत सहज हुनै बताउँदै सिपको व्यवहारिक कार्यान्वयन मार्फत उद्यमशील बन्न सहभागिहरुलाई उनको सुझाव छ । साथै उनले विगतको सरकार भन्दा वर्तमान सरकारले आफ्नो वडामा अनुगमनलाई थप चुस्त,दुरुस्त र प्रभावकारी बनाउन केन्द्रित बनिरहेको बताए । कार्यक्रममा गाउँकार्यपालिका सदस्य रमा पौडेल, बरिस्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपाली लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहभागी समीक्षा केसीले आफू केही सीप सिकेर आर्थिक रुपमै आत्मनिर्भर बन्ने उद्देश्यले तालिममा सहभागी भएको बताएका छन् । यस्तै उनले तालिम पश्चात् सहभागी सवै उद्यमशील बनेर देखाउने पनि विस्वास व्यक्त गरे । ३० जना सहभागी रहेको सो तालिम माघ २० गते देखि सुरु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...