News Portal

रेडियो सुन्नुहोस्

उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार होः–अध्यक्ष रोसन

झुलेनी पोष्ट२७ माघ २०७९
३२० पटक
२७ माघ २०७९

प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताए । गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको शुक्रबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोसनले यस्तो बताएका हुन् । उद्यमीले सिकेको सिपलाई सदुपयोग गरि उत्पादन गरेका नयाँ–नयाँ वस्तु तथा सेवाहरुको बजारीकरण समेत स्थानीय सरकारले गर्ने अध्यक्ष रोसनले वचन दिए । यस्तै वडा अध्यक्ष प्रकाश वलीले सरकारको लगानीलाई बेवास्ता नगर्न आग्रह गर्दै विगतलाई विर्सेर नयाँ उदाहरण रच्न सहभागीहरुलाई निर्देशन दिएका छन ।

अध्यक्ष वलीले एक फरक प्रसङ्गमा कुनै पनि कार्यक्रमलाई सफल र प्रभावकारी ढंगले सम्पन्न गरे पछि मात्र थप नयाँ कार्यक्रम माग गर्न समेत सहज हुनै बताउँदै सिपको व्यवहारिक कार्यान्वयन मार्फत उद्यमशील बन्न सहभागिहरुलाई उनको सुझाव छ । साथै उनले विगतको सरकार भन्दा वर्तमान सरकारले आफ्नो वडामा अनुगमनलाई थप चुस्त,दुरुस्त र प्रभावकारी बनाउन केन्द्रित बनिरहेको बताए । कार्यक्रममा गाउँकार्यपालिका सदस्य रमा पौडेल, बरिस्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपाली लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहभागी समीक्षा केसीले आफू केही सीप सिकेर आर्थिक रुपमै आत्मनिर्भर बन्ने उद्देश्यले तालिममा सहभागी भएको बताएका छन् । यस्तै उनले तालिम पश्चात् सहभागी सवै उद्यमशील बनेर देखाउने पनि विस्वास व्यक्त गरे । ३० जना सहभागी रहेको सो तालिम माघ २० गते देखि सुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...