News Portal

रेडियो सुन्नुहोस्

‘अभिन्न मोड’ मुक्तक सङ्ग्रहकाे विमाेचन

सिखबर संवाददाताअसोज १९, रोल्पा
१२९२ पटक
असोज १९, रोल्पा

रोल्पामा शुक्रबार सात मुक्तककारद्वारा लिखित ‘अभिन्न मोड’ मुक्तक संग्रहको विमोचन गरिएको छ । पुस्तकको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी तथा अन्य अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नगरप्रमुख पूर्ण केसीले साहित्यको उर्वर भूमिको रुपमा परिचित रोल्पामा अर्को कृति थपिनु सुखद् भएको बताउनुभयो । सात मुक्तककारको संयुक्त मुक्तक संग्रहले सफलता पाउने विश्वास व्यक्त गर्दै केसीले आगामी दिनमा पनि कलमलाई निरन्तर चलाइराख्न लेखकहरुलाई सुझाव दिनुभयो । लोकार्पित पुस्तकको समीक्षा गर्दै मुक्तककार यम विरहीले भाषा र मुक्तक संरचनामा केही साना त्रुटी रहेको भएपनि मुक्तक संग्रह ऐतिहासिक रहेको दाबी गर्नुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथिका रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले पुस्तक प्रकाशन गरेर इतिहास निर्माण गरेको भन्दै सातै सर्जकको प्रशंसा गर्नुभयो । लेखकीय अनुभूति सुनाउँदै मुक्तककारद्वय सन्तोष हरदम मगर र मगर्नी राम्जिताले अनेक कठिनाईका बाबजुद् पुस्तक ल्याएको बताउँदै साहित्यको यात्रा निरन्तर जारी राख्ने बताउनुभयो ।

संयुक्त मुक्तक संग्रहमा सुनछहरी गाउँपालिका–६ फगामका सन्तोष हरदम मगर, रोल्पा नगरपालिका–२ रेउघा लिबाङका सिजन मगर ‘चक्रे’, थबाङ गाउँपालिका–२ थवाङकी मगर्नी राम्जिता, रुन्टीगढी गाउँपालिका–२ रोल्पाका कुमार विश्वकर्मा गरी चारजना रोल्पाभित्रका छन् भने कपुरकोट गाउँपालिका–२ सल्यान निवासी बरुणबहादुर विश्वकर्मा, ईश्वरपुर–१२ सर्लाही निबासी निशाना मगर्नी, छेडागाउँ–१२ जाजरकोट निवासी महेन्द्रसिंह अन्य जिल्लाका छन् । संग्रहमा १ सय ४७ मुक्तक समावेश छन् ।

नेपाल मुक्तक प्रतिष्ठान, रोल्पा शाखाले संयुक्त मुक्तक संग्रहको प्रकाशन गरेको हो । आवरण कुमार अभागीले गर्नुभएको छ भने कम्प्युटर खेमराज गाउँलेले गर्नुभएको छ । विमोचन कार्यक्रम सुनछहरी गाउँपालिका–६ फगाम रोल्पाका वडा अध्यक्ष अमरजित पुन, निमित्त जिल्ला समन्वय अधिकारी डम्बर बहादुर सुनुवार, नेपाल पत्रकार महासंघ जिल्ला शााखा रोल्पाका अध्यक्ष मानसिंह बि।क, राजनीतिज्ञ कृष्णबहादुर घर्तीमगर, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष गोकर्णप्रसाद पुन, ललित साहित्य परिषद् रोल्पाका सचिव नारायण जिज्ञासु, लोकदोहोरी प्रतिष्ठान रोल्पाका अध्यक्ष मिलन रोकामगर, सुनछहरी कला केन्द्रका राजन बुढा लगायतको आतिथ्यता रहेको थियो । ,
नेपाल मुक्तक प्रतिष्ठान रोल्पा शाखाका अध्यक्ष देवी गुरूङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन खेमराज गाउँलेले गर्नुभएको थियो भने नवीन लोचनमगरले स्वागत गर्नुभएको थियो । Rolpa Today

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...