News Portal

रेडियो सुन्नुहोस्

‘अभिन्न मोड’ मुक्तक सङ्ग्रहकाे विमाेचन

सिखबर संवाददाताअसोज १९, रोल्पा
१८१२ पटक
असोज १९, रोल्पा

रोल्पामा शुक्रबार सात मुक्तककारद्वारा लिखित ‘अभिन्न मोड’ मुक्तक संग्रहको विमोचन गरिएको छ । पुस्तकको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी तथा अन्य अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नगरप्रमुख पूर्ण केसीले साहित्यको उर्वर भूमिको रुपमा परिचित रोल्पामा अर्को कृति थपिनु सुखद् भएको बताउनुभयो । सात मुक्तककारको संयुक्त मुक्तक संग्रहले सफलता पाउने विश्वास व्यक्त गर्दै केसीले आगामी दिनमा पनि कलमलाई निरन्तर चलाइराख्न लेखकहरुलाई सुझाव दिनुभयो । लोकार्पित पुस्तकको समीक्षा गर्दै मुक्तककार यम विरहीले भाषा र मुक्तक संरचनामा केही साना त्रुटी रहेको भएपनि मुक्तक संग्रह ऐतिहासिक रहेको दाबी गर्नुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथिका रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले पुस्तक प्रकाशन गरेर इतिहास निर्माण गरेको भन्दै सातै सर्जकको प्रशंसा गर्नुभयो । लेखकीय अनुभूति सुनाउँदै मुक्तककारद्वय सन्तोष हरदम मगर र मगर्नी राम्जिताले अनेक कठिनाईका बाबजुद् पुस्तक ल्याएको बताउँदै साहित्यको यात्रा निरन्तर जारी राख्ने बताउनुभयो ।

संयुक्त मुक्तक संग्रहमा सुनछहरी गाउँपालिका–६ फगामका सन्तोष हरदम मगर, रोल्पा नगरपालिका–२ रेउघा लिबाङका सिजन मगर ‘चक्रे’, थबाङ गाउँपालिका–२ थवाङकी मगर्नी राम्जिता, रुन्टीगढी गाउँपालिका–२ रोल्पाका कुमार विश्वकर्मा गरी चारजना रोल्पाभित्रका छन् भने कपुरकोट गाउँपालिका–२ सल्यान निवासी बरुणबहादुर विश्वकर्मा, ईश्वरपुर–१२ सर्लाही निबासी निशाना मगर्नी, छेडागाउँ–१२ जाजरकोट निवासी महेन्द्रसिंह अन्य जिल्लाका छन् । संग्रहमा १ सय ४७ मुक्तक समावेश छन् ।

नेपाल मुक्तक प्रतिष्ठान, रोल्पा शाखाले संयुक्त मुक्तक संग्रहको प्रकाशन गरेको हो । आवरण कुमार अभागीले गर्नुभएको छ भने कम्प्युटर खेमराज गाउँलेले गर्नुभएको छ । विमोचन कार्यक्रम सुनछहरी गाउँपालिका–६ फगाम रोल्पाका वडा अध्यक्ष अमरजित पुन, निमित्त जिल्ला समन्वय अधिकारी डम्बर बहादुर सुनुवार, नेपाल पत्रकार महासंघ जिल्ला शााखा रोल्पाका अध्यक्ष मानसिंह बि।क, राजनीतिज्ञ कृष्णबहादुर घर्तीमगर, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष गोकर्णप्रसाद पुन, ललित साहित्य परिषद् रोल्पाका सचिव नारायण जिज्ञासु, लोकदोहोरी प्रतिष्ठान रोल्पाका अध्यक्ष मिलन रोकामगर, सुनछहरी कला केन्द्रका राजन बुढा लगायतको आतिथ्यता रहेको थियो । ,
नेपाल मुक्तक प्रतिष्ठान रोल्पा शाखाका अध्यक्ष देवी गुरूङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन खेमराज गाउँलेले गर्नुभएको थियो भने नवीन लोचनमगरले स्वागत गर्नुभएको थियो । Rolpa Today

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...