News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीले दियो किसानलाई बोयर बोका

झुलेनी नेटवर्क२०७९ चैत ०७ प्यूठान
७०६ पटक
२०७९ चैत ०७ प्यूठान

नौबहिनी गाउँपालिकाले बाख्रापालन समुहलाई बोयर बोका वितरण गरेको छ । पालिकाले यस आर्थिक वर्षको बजेट मार्फत ११ वटा बाख्रापालन समुहलाई अर्घाखाँचीबाट बोयर बोका खरिद गरेर वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

भुमेधारा कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ६, पिनारा पशुपंक्षि कृषक समुह नौबहिनी २, लेकबेशि कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ३, माक्रे कृषि तथा पशुपंक्षि कृषक समहु नौबहिनी ६, सुनौलो कृषि तथा पशुपंक्षि कृषक समुह नौबहिनी २, मिलीजुली कृषि तथा पशुपंक्षि कृषक समुह नौबहिनी ६, हित कृषि सहकारी संस्था नौबहिनी ८, घोबांगें देविस्थान कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ७, भेन्डा कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ५   भुमेथान पशुपालन कृषक समुह नौबहिनी ५ र सूर्यचन्द्र कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ५ लाइ बोका प्रदान गरिएको छ । व्याड बोका पाएपछि किसानहरु उत्साहित भएका छन् ।

स्थानीय खरी र जमुनापारी जातका बाख्रामा बोयरक्रस गराएर उत्पादन बृद्धि गर्ने उदेश्यले ७५ प्रतिशत अनुदानमा व्याड बोका किसानलाई वितरण गर्ने कार्यक्रम बनाएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलबहादुर थापाले बताए ।

पालिकाको तथ्यांकअनुसार नौबहिनीमा २८ वटा बाख्रापालन समुह दर्ता भएका छन् । समुहमा १५ देखि २५ जनासम्म सदस्य आवद्ध छन् । पालिकाले दिएको व्याड बोका मार्फत बाख्रापालन फस्टाउने आसा गरेको व्याड बोका बुझ्न आएका भेन्डा कृषि तथा पशुपालन कृषक समुहका अध्यक्ष दुर्घबहादुर घर्तीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...