News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीले दियो किसानलाई बोयर बोका

झुलेनी नेटवर्क२०७९ चैत ०७ प्यूठान
६०२ पटक
२०७९ चैत ०७ प्यूठान

नौबहिनी गाउँपालिकाले बाख्रापालन समुहलाई बोयर बोका वितरण गरेको छ । पालिकाले यस आर्थिक वर्षको बजेट मार्फत ११ वटा बाख्रापालन समुहलाई अर्घाखाँचीबाट बोयर बोका खरिद गरेर वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

भुमेधारा कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ६, पिनारा पशुपंक्षि कृषक समुह नौबहिनी २, लेकबेशि कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ३, माक्रे कृषि तथा पशुपंक्षि कृषक समहु नौबहिनी ६, सुनौलो कृषि तथा पशुपंक्षि कृषक समुह नौबहिनी २, मिलीजुली कृषि तथा पशुपंक्षि कृषक समुह नौबहिनी ६, हित कृषि सहकारी संस्था नौबहिनी ८, घोबांगें देविस्थान कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ७, भेन्डा कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ५   भुमेथान पशुपालन कृषक समुह नौबहिनी ५ र सूर्यचन्द्र कृषि तथा पशुपालन कृषक समुह नौबहिनी ५ लाइ बोका प्रदान गरिएको छ । व्याड बोका पाएपछि किसानहरु उत्साहित भएका छन् ।

स्थानीय खरी र जमुनापारी जातका बाख्रामा बोयरक्रस गराएर उत्पादन बृद्धि गर्ने उदेश्यले ७५ प्रतिशत अनुदानमा व्याड बोका किसानलाई वितरण गर्ने कार्यक्रम बनाएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलबहादुर थापाले बताए ।

पालिकाको तथ्यांकअनुसार नौबहिनीमा २८ वटा बाख्रापालन समुह दर्ता भएका छन् । समुहमा १५ देखि २५ जनासम्म सदस्य आवद्ध छन् । पालिकाले दिएको व्याड बोका मार्फत बाख्रापालन फस्टाउने आसा गरेको व्याड बोका बुझ्न आएका भेन्डा कृषि तथा पशुपालन कृषक समुहका अध्यक्ष दुर्घबहादुर घर्तीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...