News Portal

रेडियो सुन्नुहोस्

नेपालमा वर्सेनि १७ हजारको ज्यान क्षयरोगले लिन्छ

झुलेनी नेटवर्क२०७९ चैत १० प्यूठान
३२० पटक
२०७९ चैत १० प्यूठान

विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सञ्चारमर्कीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिराट नेपाल मेडिकल ट्रष्ट (BNMT) र कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (KIDS) नेपालको सहयोगमा शुक्रबार बिहान कार्यक्रम गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले नेपालभरमा र प्यूठान जिल्लामा क्षयरोगी बिरामीको अवस्थाबारे जानकारी गराएका थिए ।

नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु हुने र १ सय ९० जना नयाँ क्षयरोगी थपिने तथ्यांक रहेको उनले बताए । नेपालमा हाल क्षयरोगका १ लाख १७ हजार बिरामी छन् । यस्तै बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने र १७ हजारको ज्यान जाने गरेको छ  । डब्लूएचओका अनुसार बर्सेनि विश्वमा १ करोड व्यक्तिलाई क्षयरोगको संक्रमण हुन्छ । हरेक वर्ष यो रोगले १५ लाख जनाले ज्यान गुमाउँछन् । क्षयरोग ब्याक्टेरियाको संक्रमणका कारण हुने सरुवा रोग हो । क्षयरोगका कारण सामान्यतया फोक्सोमा संक्रमण हुन्छ । क्षयरोग लागेका बेला खोकीसँगै खकारमा रगत, छाती दुख्ने, तौल घट्ने, कमजोरी हुने, ज्वरो आउने र राति पसिना निस्किने लक्षण देखिन्छ  ।


जिल्ला स्वास्थ्य कार्यालयका अनुसार प्यूठानमा गत वर्ष ४०२ बिरामीले क्षयरोगको औषधि खाने गरेका थिए । यस वर्ष १५७ जना बिरामी छन् ।
यसैविच स्वास्थ्य कार्यालयले जिल्लामा आएको कोभिड खोपको बुस्टर डोजबारे पनि जानकारी गराएको थियो । स्वास्थ्य कार्यालयका अनुसार तुरुन्तै लगाउन सकिनेगरि जिल्लामा ४१ हजार ७ सय ३० डोजखोप आएको छ । स्थानीय तहरुसंग समन्वय गरेर कोभिड बिरुद्धको बुस्टर डोज लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...