News Portal

रेडियो सुन्नुहोस्

नेपालमा वर्सेनि १७ हजारको ज्यान क्षयरोगले लिन्छ

झुलेनी नेटवर्क२०७९ चैत १० प्यूठान
९८६ पटक
२०७९ चैत १० प्यूठान

विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सञ्चारमर्कीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिराट नेपाल मेडिकल ट्रष्ट (BNMT) र कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (KIDS) नेपालको सहयोगमा शुक्रबार बिहान कार्यक्रम गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले नेपालभरमा र प्यूठान जिल्लामा क्षयरोगी बिरामीको अवस्थाबारे जानकारी गराएका थिए ।

नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु हुने र १ सय ९० जना नयाँ क्षयरोगी थपिने तथ्यांक रहेको उनले बताए । नेपालमा हाल क्षयरोगका १ लाख १७ हजार बिरामी छन् । यस्तै बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने र १७ हजारको ज्यान जाने गरेको छ  । डब्लूएचओका अनुसार बर्सेनि विश्वमा १ करोड व्यक्तिलाई क्षयरोगको संक्रमण हुन्छ । हरेक वर्ष यो रोगले १५ लाख जनाले ज्यान गुमाउँछन् । क्षयरोग ब्याक्टेरियाको संक्रमणका कारण हुने सरुवा रोग हो । क्षयरोगका कारण सामान्यतया फोक्सोमा संक्रमण हुन्छ । क्षयरोग लागेका बेला खोकीसँगै खकारमा रगत, छाती दुख्ने, तौल घट्ने, कमजोरी हुने, ज्वरो आउने र राति पसिना निस्किने लक्षण देखिन्छ  ।


जिल्ला स्वास्थ्य कार्यालयका अनुसार प्यूठानमा गत वर्ष ४०२ बिरामीले क्षयरोगको औषधि खाने गरेका थिए । यस वर्ष १५७ जना बिरामी छन् ।
यसैविच स्वास्थ्य कार्यालयले जिल्लामा आएको कोभिड खोपको बुस्टर डोजबारे पनि जानकारी गराएको थियो । स्वास्थ्य कार्यालयका अनुसार तुरुन्तै लगाउन सकिनेगरि जिल्लामा ४१ हजार ७ सय ३० डोजखोप आएको छ । स्थानीय तहरुसंग समन्वय गरेर कोभिड बिरुद्धको बुस्टर डोज लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...