News Portal

रेडियो सुन्नुहोस्

बाहाने वजारको वाटो स्तरोन्नती गर्न सुरु

झुलेनी नेटवर्क२०७९ चैत्र १२
६३६ पटक
२०७९ चैत्र १२

नौबहिनी गाउँपालिकाले मुख्य बजार क्षेत्र बहानेमा बाटो स्तरोन्नती गर्ने भएको छ ।

आज गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले एक कार्यक्रमका विच वाटो स्तरोन्नती गर्न आरसिसि कार्यको शिलन्यास गरेका हुन् ।

प्रदेश सरकारबाट विनियोजित एक करोड समपुरक बजेट बाट उक्त काम सुरु गर्न लागिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

लागत रकम एक करोड भएपनि टेण्डरमार्फत ६० लाख ९९ हजारमा काम सुरु भएको अधिकृत पौडेलले बताए। बाकी रहेको ३९ लाख एक हजारको कार्यको लागि फेरी टेन्डर खोलिने उनले जनाए ।

२०८० असार सम्ममा काम सक्ने गरि काजी  एण्ड ब्रोदर्श विल्डर्स कम्पनीले उक्त कामको ठेक्का जिम्मा पाएको छ ।
चार मिटर चौडाइ हुने गरि बहाने बजार क्षेत्रभित्रको बाटोमा आरसिसि ढलान कार्य हुने भएको हो ।

त्यस क्षेत्रको बाटो स्तरोन्नती नहुँदा त्यहाका स्थानीयले बर्षाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मेको सास्ती खेप्नु परेको थियो ।
अहिले बाटो स्तरोन्नती हुने भएपछि त्यहाँका स्थानीय खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...