News Portal

रेडियो सुन्नुहोस्

बाहाने वजारको वाटो स्तरोन्नती गर्न सुरु

झुलेनी नेटवर्क२०७९ चैत्र १२
८५४ पटक
२०७९ चैत्र १२

नौबहिनी गाउँपालिकाले मुख्य बजार क्षेत्र बहानेमा बाटो स्तरोन्नती गर्ने भएको छ ।

आज गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले एक कार्यक्रमका विच वाटो स्तरोन्नती गर्न आरसिसि कार्यको शिलन्यास गरेका हुन् ।

प्रदेश सरकारबाट विनियोजित एक करोड समपुरक बजेट बाट उक्त काम सुरु गर्न लागिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

लागत रकम एक करोड भएपनि टेण्डरमार्फत ६० लाख ९९ हजारमा काम सुरु भएको अधिकृत पौडेलले बताए। बाकी रहेको ३९ लाख एक हजारको कार्यको लागि फेरी टेन्डर खोलिने उनले जनाए ।

२०८० असार सम्ममा काम सक्ने गरि काजी  एण्ड ब्रोदर्श विल्डर्स कम्पनीले उक्त कामको ठेक्का जिम्मा पाएको छ ।
चार मिटर चौडाइ हुने गरि बहाने बजार क्षेत्रभित्रको बाटोमा आरसिसि ढलान कार्य हुने भएको हो ।

त्यस क्षेत्रको बाटो स्तरोन्नती नहुँदा त्यहाका स्थानीयले बर्षाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मेको सास्ती खेप्नु परेको थियो ।
अहिले बाटो स्तरोन्नती हुने भएपछि त्यहाँका स्थानीय खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...