News Portal

रेडियो सुन्नुहोस्

बसले ठक्कर दिदा विद्यार्थीको मृत्यु

झुलेनी नेटवर्क२०७९ चैत्र २४ प्यूठान
६३४ पटक
२०७९ चैत्र २४ प्यूठान

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा बसले मोटर साइकललाई ठक्कर दिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

शुक्रबार बिहान एसईई परीक्षा दिएर घर फर्कर्दै गरेका प्रतीक घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते घर्तीको जिल्ला अस्पताल बिजुवारमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।
विद्यानन्द मा वि जुडापाँटा परीक्षाकेन्द्रमा एसईई परीक्षादिन गएका विद्यार्थी लिन गएको लोक चेतना एकेडेमी भिंगृको लु १ क १०९४ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि लु ६६ प ५३४९ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो ।

बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत १५ वर्षीय प्रतिकले विद्यानन्द मा.वि परीक्षा केन्द्रमा एसईई परीक्षा दिएर फर्कने त्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते छन् ।

उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाइ अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...