News Portal

रेडियो सुन्नुहोस्

बसले ठक्कर दिदा विद्यार्थीको मृत्यु

झुलेनी नेटवर्क२०७९ चैत्र २४ प्यूठान
५८६ पटक
२०७९ चैत्र २४ प्यूठान

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा बसले मोटर साइकललाई ठक्कर दिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

शुक्रबार बिहान एसईई परीक्षा दिएर घर फर्कर्दै गरेका प्रतीक घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते घर्तीको जिल्ला अस्पताल बिजुवारमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।
विद्यानन्द मा वि जुडापाँटा परीक्षाकेन्द्रमा एसईई परीक्षादिन गएका विद्यार्थी लिन गएको लोक चेतना एकेडेमी भिंगृको लु १ क १०९४ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि लु ६६ प ५३४९ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो ।

बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत १५ वर्षीय प्रतिकले विद्यानन्द मा.वि परीक्षा केन्द्रमा एसईई परीक्षा दिएर फर्कने त्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते छन् ।

उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाइ अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...