News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा दुलहीलाई बिमा पोलिसी उपहार

झुलेनी पोष्ट
५७४ पटक

प्यूठानमा नवविवाहिता दुलहीलाई बिमा पोलिसि उपहार प्रदान गरिएको छ । झिमरुक गाउँपालिका-५, निवासी शिक्षक सरिता जि.सि.ले भाईको बिवाहमा भाइ बुहारीलाई बिमा पोलिसी उपहार दिएकी हुन् ।

प्यूठान न.पा.-१, खैरा निवासी प्रमोद जि.सि.को हालै करुणा के.सि.सँग बिवाह भएको थियो । भाइ बुहारीको मुख हेर्ने प्रचलन अनुसार उपहार दिने चलन रहेकोमा जि.सि.ले बुहारीलाई ३ लाख बिमाङ्कको बिमा पोलिसि उपहार प्रदान गरिएको हो ।

बैवाहिक जीवन र जीवन बिमाको महत्व बढोस भन्ने उद्धेश्यले आफूले सुर्यज्योति जीवन बिमा कम्पनी मार्फत बिमा पोलिसी उपहार दिएको सरिता जि.सि.ले बताइन् । पछिल्लो समय बिवाह, ब्रतबन्ध, जन्मदिन लगायत सामाजिक कार्य गर्दा फजुल खर्च गर्नुको सट्टा दैनिक जिवनसँग सहज हुने गतिविधि गर्नुपर्ने उनको भनाई छ ।

जिल्लामा उपहार दिँदा बिमा पोलिसिको प्रचलन नयाँ अभ्यास सुरु भइरहेको शाखा प्रमुख धर्मराज अधिकारीले जानकारी दिए । नयाँ परिपाटीको विकास भएको बताउँदै प्रमुख अधिकारीले बीमा जोखिम व्यवस्थापनको महत्वपूणर् औजार भएकाले बीमालाई फाइदाको रुपमा लिनुपर्ने बताए ।

मानविय समाजमा विपत्ति, जोखिमका अनेकौं सम्भावनाहरु जहि तहि रहने भएकाले बीमा सबै र सधैका लागि अपरिहार्य रहेको उनको भनाई छ । भाई बुहारीलाई बिमा उपहार दिनुहुने सरिता जि.सी. सुर्यज्योति जीवन बिमामा कार्यरत एजेन्सि म्यानेजर हुन भने शिक्षण पेशामा कार्यरत उनि सामाजिक व्यक्तित्वको रुपमा परिचित छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...

मल्लरानी ३ मा व्यूटिपार्लर तालिम समापन

मल्लरानी गाउपालिका वडा नं. ३ मा २ महिने व्यूटीपार्लर तालिम सम्पन्न भएको छ । गरिवी...

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले...

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...