News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा दुलहीलाई बिमा पोलिसी उपहार

झुलेनी पोष्ट
९३५ पटक

प्यूठानमा नवविवाहिता दुलहीलाई बिमा पोलिसि उपहार प्रदान गरिएको छ । झिमरुक गाउँपालिका-५, निवासी शिक्षक सरिता जि.सि.ले भाईको बिवाहमा भाइ बुहारीलाई बिमा पोलिसी उपहार दिएकी हुन् ।

प्यूठान न.पा.-१, खैरा निवासी प्रमोद जि.सि.को हालै करुणा के.सि.सँग बिवाह भएको थियो । भाइ बुहारीको मुख हेर्ने प्रचलन अनुसार उपहार दिने चलन रहेकोमा जि.सि.ले बुहारीलाई ३ लाख बिमाङ्कको बिमा पोलिसि उपहार प्रदान गरिएको हो ।

बैवाहिक जीवन र जीवन बिमाको महत्व बढोस भन्ने उद्धेश्यले आफूले सुर्यज्योति जीवन बिमा कम्पनी मार्फत बिमा पोलिसी उपहार दिएको सरिता जि.सि.ले बताइन् । पछिल्लो समय बिवाह, ब्रतबन्ध, जन्मदिन लगायत सामाजिक कार्य गर्दा फजुल खर्च गर्नुको सट्टा दैनिक जिवनसँग सहज हुने गतिविधि गर्नुपर्ने उनको भनाई छ ।

जिल्लामा उपहार दिँदा बिमा पोलिसिको प्रचलन नयाँ अभ्यास सुरु भइरहेको शाखा प्रमुख धर्मराज अधिकारीले जानकारी दिए । नयाँ परिपाटीको विकास भएको बताउँदै प्रमुख अधिकारीले बीमा जोखिम व्यवस्थापनको महत्वपूणर् औजार भएकाले बीमालाई फाइदाको रुपमा लिनुपर्ने बताए ।

मानविय समाजमा विपत्ति, जोखिमका अनेकौं सम्भावनाहरु जहि तहि रहने भएकाले बीमा सबै र सधैका लागि अपरिहार्य रहेको उनको भनाई छ । भाई बुहारीलाई बिमा उपहार दिनुहुने सरिता जि.सी. सुर्यज्योति जीवन बिमामा कार्यरत एजेन्सि म्यानेजर हुन भने शिक्षण पेशामा कार्यरत उनि सामाजिक व्यक्तित्वको रुपमा परिचित छिन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...