News Portal

रेडियो सुन्नुहोस्

जिल्लालाई विकासको गतिमा अगाडी बढाउने छौः प्रमुख सचेतक रमेश लेखक

बिबश जि.एम२०८० जेठ २८
७५५ पटक
२०८० जेठ २८

नपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्यूठान जिल्लाको लागि विकासका पहलहरुमा आफु अग्रसर हुने बताएका छन् । नपाली कांग्रेस स्वर्गद्धारी नगर समितिको आयोजनामा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् । उनले जिल्लालाई विकासको गतिमा अगाडी बढाउने र पार्टीलाई बलियो बनाई एकताबद्ध कांग्रेस बनाउन समेत कार्यकतालाई आग्रह गरेका छन् ।

तत्कालिन भौतिक तथा पूर्बाधार यातायात मन्त्रालयबाट विनीयोजन भएको बजेट अनुसार स्वार्गद्धारी नगरपालिका भित्र पर्ने माडि खोला पूल,सारी खुग्री पक्कि पुल र भिंग्री जलुके बेल्बास नल्सि पक्कि पुल यी आयोजना विगत ६ बर्षदेखी अलपत्रमा परेका छन् । ठेकेदारको लापरबाहीले गर्दा विगत देखी नै यी आयोजना अघि बढ्न नसकेको स्वर्गद्धारी नगरसभापति तथा ५ नं वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । साथै यो कामलाई तत्काल अगाडी बढाउन आफु निर्वाचित भए पछि सम्बन्धित कार्यालय, मन्त्रालय लगायत विभिन्न दलका नेतासँग पहल गरेको पनि नगरसभापति घर्तिले बताए ।


नेपाली कांग्रेस स्वर्गद्धारी नगरसभापति गिर बहादुर घर्ति मगरको अध्यक्षतामा भएको कार्यक्रममा नपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेपाली कांग्रेस प्यूठानका पूर्व सभापति एंव नेपाली कांग्रेस लम्बिनी प्रदेश कमिटी सदस्य अमर प्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन नगर उपसभापति मदन प्रसाद पोख्रेल, स्वागत मन्तव्य जिल्ला सदस्य दामोदर कालाथोकिले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...