News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी ३ मा आर्थिक बर्ष ०७९/०८० का सत प्रतिशत काम सम्पन्न

झुलेनी नेटवर्क ४ श्रावण २०८०
८२९ पटक
४ श्रावण २०८०

प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. ३ मा आर्थिक बर्ष २०७९/०८० मा भएका योजनाहरुको काम सत प्रतिशत सम्पन्न भएका छन्।
गत आर्थिक बर्षमा वडामा परेका सम्पुर्ण योजनाहरुको काम सम्पन्न भएको वडा सचिव मनोज कुमार जि.सीले बताए। संघिय, प्रदेश, तथा मल्लरानी गाउँपालिकाले छुट्याएका सम्पुर्ण कार्यक्रम तथा योजनाहरु समयमै सकेर भूक्तानी हुँदा आफुलाई खुसी लागेको वडा सचिव जि.सी.ले सुनाए।

सकारात्मक रुपमा लागेपछि सबै कुरा सम्भव छ उनले भने–‘‘ हामी कर्मचारीहरु पनि लागि पर्यौं र वडाध्यक्ष सहित जनप्रतिनिधि ज्यूहरु पनि रातदिन नभनी खट्नुभयो , सबै योजना तथा कार्यक्रम समय मै सकियो।’’ टोल विकास संस्था मार्फत पनि योजना तथा कार्यक्रम गर्दै आएको मल्लरानी ३ नं. वडामा रहेको बर्बोट टोल विकास संस्थाले गत आर्थिक बर्षमा २ वटा योजनाको काम सम्पन्न गरेको छ। सुरुमा टोल विकास संस्था मार्फत काम गर्न गाह्रो हुन्छ कि भन्ने लागेको थियो वडा अध्यक्ष नोम राज पौडेलले हामीलाई सहजीकरण गरि दर्ता गर्न सहयोग गर्नुभयो। हामीले २ वटा योजनाको काम समयमै सक्यौ ,बर्बोट टोल विकास संस्थाकी अध्यक्ष सकुन्तला पौडेलले भनिन–‘‘ हामी पाँच जना पदाधिकारीहरु सबै महिला छौं। हामीले योजना समय मै सम्पन्न गर्न निकै मेहनत गरेर लाग्यौं।’’ पुरुषहरुको मात्र समिति हुने ,महिलाहरुलाई प्रतिनिधीको रुपमा मात्र राख्ने परिपार्टीको अन्त्य गरेको भन्दै टोल विकास संस्थाकी सचिव सुनिता कामीले भनिन् –‘‘ हामी पाँचै जना पदाधिकारीमा महिलाहरु बसेर काम गर्याैं पुरुषहरुले सहयोग गर्नुभयो, हामीले नेतृत्व गर्न सक्ने रहेछौं यसमा मलाई खुसी लागेको छ।’’

वडाको विकास निर्माणको कामको लागि चौतर्फि रुपमा सबैको सहयोग हुनुपर्नेमा उपभोक्ता समितिमा बसेकाहरुले अनुभव सुनाए। २ लाखको योजनाको काम सम्पन्न गरेका चौथिलगाउने टोल विकास संस्थाका अध्यक्ष विर बहादुर थापाले विकास निर्माणको काम समयमै सम्पन्न गर्नको लागि स्थानियको सहयोग अनिवार्य चाहिने बताउँछन्। हामीले कटुवाल मार्फत खबर गर्र्यौ उनले भने–‘‘ वडा अध्यक्ष संग सल्लाह गरेर ,९६ घरधुरीले जनश्रमदान गर्यौं, सबैले ढुंगा ,बालुवा ,पानी बोक्नुभयो र काम सजिलै सकियो।’’ वडामा हुने सामाजिक गतिविधिहरुको बिषयमा पनि टोल विकास संस्थाले काम गरेको थापाको भनाई छ। सामाजिक सुरक्षा भत्ता गाउँमा बाड्ने भएपछि वडाअध्यक्ष ज्यूले हामीलाई खबर गर्नुहुन्छ हामी टोल विकास संस्थाका साथीहरुले सबैलाई खबर गर्छाैं थापाले भने।

पुँजीगत तथा चालु तर्फका सम्पुर्ण योजनाहरु सत प्रतिशत रुपमा सकेर भुक्तानी हुँदा आफु खुसी भएको वडा अध्यक्ष नोम राज पौडेलले बताए। विशेष अनुदानको भानुभक्त मा.वि.को ४ कोठे भवन देखि रिचार्ज पोखरी सम्मका योजनाहरु ३ नं. वडामा भएको भन्दै अध्यक्ष पौडेलले सम्पुर्ण पुँजीगत तथा चालु तर्फका योजना र कार्यक्रम सम्पन्न भएको बताउँछन्। वडा जनताको नजिकको सरकार हो वडा अध्यक्ष पौडेलले भने–‘‘ सानो दुई हजारको काम देखि करोडांैको योजनाको कामको सुपरिबेक्षण गर्नुपर्दछ। मैले सबै दल ,बुद्धिजीवि र जनप्रतिनिधिहरुको सल्लाह सुझावमा काम गरेको छु।’’ स्मार्ट वडाको रुपमा स्थापित गर्ने अभियानमा जुटेको भन्दै वडा अध्यक्ष पौडेलले वडाका सबै कामहरु कम्प्युटर मार्फत गराई सेवा प्रवाह गरेका छन्।वडाको माइनुट समेत हातले नलेखि कम्प्युटर मार्फत टाईप गरी प्रविधिको अधिकतम प्रयोग गरेको भन्दै सेवालाई सहज,सरल र सुलभ गराउनुपर्नेमा उनको जोड रहेको छ। यस आर्थिक बर्षमा पनि सत प्रतिशत काम सम्पन्न गर्ने गरि अगाडि बढेको उनले सुनाए।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...