News Portal

रेडियो सुन्नुहोस्

राेल्पामा भित्रियाे पहिलाेपटक चल्ला उत्पादन गर्ने मेसिन

सिखबर संवाददाताराेल्पा घाेडागाउँ कार्तिक ९
१८७२ पटक
राेल्पा घाेडागाउँ कार्तिक ९

रोल्पा जिल्लामा पहिलो पटक चल्ला उत्पादन गर्ने मेसिन भित्त्रीएको छ। रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं १ घोडागाउमा व्यवसायी मधु केसिले उक्त मेसिन भित्र्याएका हुन ।

चल्ला उत्पादनमा जिल्लालाई अात्मनिर्भर बनाउने उदेश्यले उक्त चल्ला उत्पादन गर्ने मेसिन भित्त्राइएको केसीले बताउनुभयो ।

रोल्पा जिल्लाको ग्रामीण भेगमा पर्ने जो सदरमुकाम देखि निकै टाढा रहेको छ । यस्तो ठाउँमा जिल्लामै पहिलोपटक चल्ला उत्पादन गर्ने मेसिन आएपछि रोल्पा प्यूठानका कुखुरा पालक कृषकहरू खुसी बनेका छन ताकि चल्ला लिनको लागि बाहिर नजाजुपर्ने भयो भनेर ।

यस भन्दा अगाडि कुखुरा पालक कृषकहरू चल्ला लिनको लागि अन्य जिल्लाको मुख ताक्नुपर्ने बाध्यता रहेको थियोे, मेसिन आए संगै यो समस्या टर्ने भएको छ ।

मेसिनको एक पटकमा दुई हजार चल्ला उत्पादन गर्न सक्ने क्षमताको रहेको केसीले बताउनुभयो ।
बिगत दुई बर्ष देखिनै रोल्पा पोल्टी सप्लायर्स संचालनमा लिएर टर्की तथा उन्नत र स्थानीय जातका कुखुरा पालन गर्दै आएका छन ।

वैदेशिक रोजगारीका क्रममा थाइल्यान्ड पुगेर करिब ६ बर्ष बिताएका केसी व्यवसायी मात्र नभएर शिक्षक तथा संचालक पनि हुन शिक्षण पेशा र व्यवसायीक कुखुरा पालन पेशालाइ संगसंगै अगाडि सारेका केसीले राम्रो आम्दानीको स्रोत बनाएका छन ।

भर्खरै चल्ला उत्पादन गर्ने मेसिन लिएर चल्ला उत्पादन सुरु गरेका केसीले दुई हजार सम्म चल्ला खरिद गर्ने ग्राहकलाई लाई बिशेष छुट दिने बताएका छन ।

यस भन्दा अगाडि रोल्पा जिल्लामा साप्ताहि रूपमा २५ हजार चल्ला बाहिरी जिल्ला बाट आउने गरेको उहाले जानकारी दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...