News Portal

रेडियो सुन्नुहोस्

राेल्पामा भित्रियाे पहिलाेपटक चल्ला उत्पादन गर्ने मेसिन

सिखबर संवाददाताराेल्पा घाेडागाउँ कार्तिक ९
१६५८ पटक
राेल्पा घाेडागाउँ कार्तिक ९

रोल्पा जिल्लामा पहिलो पटक चल्ला उत्पादन गर्ने मेसिन भित्त्रीएको छ। रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं १ घोडागाउमा व्यवसायी मधु केसिले उक्त मेसिन भित्र्याएका हुन ।

चल्ला उत्पादनमा जिल्लालाई अात्मनिर्भर बनाउने उदेश्यले उक्त चल्ला उत्पादन गर्ने मेसिन भित्त्राइएको केसीले बताउनुभयो ।

रोल्पा जिल्लाको ग्रामीण भेगमा पर्ने जो सदरमुकाम देखि निकै टाढा रहेको छ । यस्तो ठाउँमा जिल्लामै पहिलोपटक चल्ला उत्पादन गर्ने मेसिन आएपछि रोल्पा प्यूठानका कुखुरा पालक कृषकहरू खुसी बनेका छन ताकि चल्ला लिनको लागि बाहिर नजाजुपर्ने भयो भनेर ।

यस भन्दा अगाडि कुखुरा पालक कृषकहरू चल्ला लिनको लागि अन्य जिल्लाको मुख ताक्नुपर्ने बाध्यता रहेको थियोे, मेसिन आए संगै यो समस्या टर्ने भएको छ ।

मेसिनको एक पटकमा दुई हजार चल्ला उत्पादन गर्न सक्ने क्षमताको रहेको केसीले बताउनुभयो ।
बिगत दुई बर्ष देखिनै रोल्पा पोल्टी सप्लायर्स संचालनमा लिएर टर्की तथा उन्नत र स्थानीय जातका कुखुरा पालन गर्दै आएका छन ।

वैदेशिक रोजगारीका क्रममा थाइल्यान्ड पुगेर करिब ६ बर्ष बिताएका केसी व्यवसायी मात्र नभएर शिक्षक तथा संचालक पनि हुन शिक्षण पेशा र व्यवसायीक कुखुरा पालन पेशालाइ संगसंगै अगाडि सारेका केसीले राम्रो आम्दानीको स्रोत बनाएका छन ।

भर्खरै चल्ला उत्पादन गर्ने मेसिन लिएर चल्ला उत्पादन सुरु गरेका केसीले दुई हजार सम्म चल्ला खरिद गर्ने ग्राहकलाई लाई बिशेष छुट दिने बताएका छन ।

यस भन्दा अगाडि रोल्पा जिल्लामा साप्ताहि रूपमा २५ हजार चल्ला बाहिरी जिल्ला बाट आउने गरेको उहाले जानकारी दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...