News Portal

रेडियो सुन्नुहोस्

चेरनेटा–बाग्दुला सडक विस्तारको फेरि चर्चा

झुलेनी नेटवर्क २०८० भदौ ३
१०४७ पटक
२०८० भदौ ३

भालुबाङ–प्यूठान सडक अन्तर्गतको चेरनेटा बाग्दुला सारीबाङ क्षेत्रको सडक विस्तार गर्ने बिषयमा प्यूठान नगरपालिकाले आईतबार बिहान सरोकारवाला निकायसंग एक कार्यक्रमको आयोजना गरेको छ ।

सडक फराकिलो बनाउने विषयमा सल्लाह सुझाव तथा परामर्शको लागि कार्यक्रमको आयोजना गरिएको प्यूठान नगरपालिकाका मेयर विष्णु योगीले बताए । प्यूठान नगरपालिका ४ नयाँबजार स्थित होटल आयुष्मामा राखिएको कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा,प्यूठान जिल्लाका प्रदेश सांसदहरु तुल्सीराम शर्मा, निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, पूर्व सांसद कृष्णध्वज खड्का, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धर्मबहादुर जी.सी, स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला स्थित क्रियाशिल राजनिति दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवाला निकायको सहभागिता थियो ।

कार्यक्रममा सहभागि धेरैले सबै पक्षलाई सहमतीमा लिएर सडक फराकिलो बनाउनु पर्ने राय राखेका थिए । केहि सहभागिले साविककै सडक विस्तार गर्दा करोडांैको भौतिक संरचना नोक्सान हुने भएकाले सडकको विकल्प खोजिनु पर्ने राय राखे । सडक साँघुरो भएकाले विस्तार कसरी गर्न सकिन्छ ? विकल्पहरु के हुन सक्छन् ? भन्ने आवश्यक राय सुझाबको लागि कार्यक्रमको आयोजना गरिएको प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताए ।

यस सडक खण्डमा सडक साघुँरो हुँदा गाडी आवतजावत (पासीङ) गर्न निकै समस्या छ । अप्ठ्यारो र साघुँरो सडकमा धेरै गाडीहरु चल्दा छिन/छिनमै गाडी भेटिनाले दुर्घटनाको जोखिम समेत धेरै छ । २०४४ सालमा खोलिएको सडक फराकिलो बनाउने ठोस योजना अहिलेसम्म कार्यान्वयन भएको छैन । २०६५/०६६ सालमा वटासिल कालोपत्रे समेत साघुँरो सडकमै भएको थियो । त्यसपछि २०७० सालमा यो सडक फराकीलो गराउने व्यापक बहस भएको थियो । त्यो बेला पनि कार्यान्वयन हुन सकेन । जिल्ला सडक ऐन २०३१ ले व्यवस्था गरेको जिल्ला सडकको सेन्टर प्वाइटबाट दायाँ/बायाँ १५ मिटर कायम अहिलेसम्म भएको छैन् । सडकको लगतकत्ता समेत छैन । बिजुवार–बाग्दुला क्षेत्रमा त झन सडक क्षेत्र भित्रै घरहरु निर्माण भएका छन् । सडकमै निर्माण सामग्री राखिएको र सडक क्षेत्रमै टहरा निर्माण गरेर स्थानीय व्यापारीले व्यापार गर्दा झन साघुँरो हुँदै गएको छ । यसमा नगरपालिकाले हटाउन कुनै पहल लिएको छैन । बिजुवार मित्रमणी चोकदेखि प्रहरी चौकीसम्म दिनहँु सवारी जाम हुने गर्दछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...