News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा सि–आर्म प्रविधिबाट जटिल शल्यक्रिया

बोम बहादुर परियार२०८० असोज ८
३०४ पटक
२०८० असोज ८

पछिल्लो एक महिनामा प्यूठान अस्पतालमा विशेषज्ञ सहितको टोली आएपछि बिरामीहरुको रेफर हुने संख्या घट्दै गएको छ । पहिले सामान्य हाडजोर्नीको बिरामीलाई समेत उपचारका लागि जिल्ला बाहिर रेफर गरिन्थ्यो । अहिले प्यूठान अस्पतालमै बिरामीहरुले बिशेषज्ञ सहितको सेवा पाएका छन् ।

सरुमारानी गाउँपालिका वडा नं.४ छत्तीयोन दमारका ४२ बर्षिय महिला रिमा बुढा मगरको आइतबार प्यूठान अस्पतालमा जटिल प्रकारको शल्यक्रिया गरिएको छ ।
उनको गत असोज २ गते आफ्नै घरको कौसीबाट लडेपछि बाँया खुट्टाको हड्डी भाँचिएको थियो । श्रीमानले उनलाई प्यूठान अस्पताल लगे । प्यूठान अस्पतालका हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा.राजेन्द्र पौडेलले उनको अवस्था बारे बुझे । केही दिन अस्पतालमै राखेर उपचार गरे । डा. पौडेलले रिमाको खुट्टाको जटिल प्रकारको शल्यक्रिया गर्नुपर्ने बताए । आर्थिक अवस्था कमजोर भएका कारण रिमाका श्रीमानले जिल्लामै श्रीमतीको उपचार गराउन आग्रह गरेका थिए । त्यसपछि डा. पौडेलले रिमाको उपचार जिल्लामै गर्ने निधो गरे । उनले भैरहवा मेडिकल कलेजका हाडजोर्नी विभागका प्रमुख प्रोफेसर डा. प्रकृतिराज कँडेललाई प्यूठान बोलाए । डा.कँडेल, एनेस्थोलोजिस्ट डा.सुमन श्रेष्ठ र डा. आमिर काफ्ले सहितको टिमले आइतबार रिमाको बाँया खुट्टाको सि–आर्म  प्रविधि मार्फत जटिल शल्यक्रिया गरे । अहिले रिमा दम्पत्ति खुसी छन् । उनका श्रीमान पुरन बुढा मगरले जिल्लामै यसरी सहज उपचार गर्न पाउँदा आर्थिकभार समेत कम भएको भन्दै खुसी व्यक्त गरे ।

भैरहवा मेडिकल कलेजका हाडजोर्नी विभागका प्रमुख प्रोफेसर डा. प्रकृतिराज कँडेलले यस्तो खालको शल्यक्रिया गर्दा २ लाख रकम खर्च हुने बताए ।उनले भने, ‘गरिब बिरामीहरुलाई यस्ता खालका शल्यक्रिया गर्दा घर जग्गा नै बेच्नुपर्ने अवस्था आएको देखेको छु, अस्पतालले पूर्वाधारमा विशेष ध्यान दियो भने आगामी दिनमा जिल्लामै उक्त शल्यक्रिया गर्न सकिन्छ ।’

प्यूठान अस्पतालका क्लिनिक इन्चार्ज एनेस्थोसियोलोजिस्ट डा. सुमन श्रेष्ठले पछिल्लो एक महिनामा ६५ जना सुत्केरीको शल्यक्रिया, २१ जना हाडजोर्नीका बिरामी, ४ जना सर्जरी र ३ जना नाक, कान, घाँटीका बिरामीले सेवा लिएको बताए । साथै उनले एक जनाको पूर्ण रुपमा व्यहोस बनाई (जि.ए) प्रविधि मार्फत सुत्केरीको शल्यक्रिया गरिएको बताए । दैनिक अस्पतालको ओपिडीबाट ४ सय भन्दा बढी बिरामीहरुले सेवा लिएको डा.श्रेष्ठको भनाई छ ।


महिला तथा प्रसुती रोग विशेषज्ञ डा. कुमार बिष्टले अस्पतालमा काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभुति भए बिरामीहरुलाई सेवा दिन सहज हुने बताए ।

के हो सि–आर्म प्रविधि ?

सि–आर्म एक प्रकारको एक्स–रे मेशिन हो । बिरामीको शल्यक्रियाका क्रममा स्कुप, प्लेट तथा पाता हाल्दा सि–आर्म मेशिनको सहयोगले हालिन्छ । सामान्य किसिमको शल्यक्रिया सि–आर्म बिनै गर्न सकिए पनि जटिल किसिमको शल्यक्रिया सिआर्म मेशिन बिना गर्दा त्रुटी हुनसक्ने चिकित्सक बताउँछन् ।

प्रतिकृया दिनुहोस्

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल...

खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण छ : लुम्बिनी प्रदेश सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले खेलकुद स्वास्थ्यको लागि अत्यन्तै महत्वपूर्ण भएको बताएका...

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा...