News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पतालमा सि–आर्म प्रविधिबाट जटिल शल्यक्रिया

बोम बहादुर परियार२०८० असोज ८
१०२१ पटक
२०८० असोज ८

पछिल्लो एक महिनामा प्यूठान अस्पतालमा विशेषज्ञ सहितको टोली आएपछि बिरामीहरुको रेफर हुने संख्या घट्दै गएको छ । पहिले सामान्य हाडजोर्नीको बिरामीलाई समेत उपचारका लागि जिल्ला बाहिर रेफर गरिन्थ्यो । अहिले प्यूठान अस्पतालमै बिरामीहरुले बिशेषज्ञ सहितको सेवा पाएका छन् ।

सरुमारानी गाउँपालिका वडा नं.४ छत्तीयोन दमारका ४२ बर्षिय महिला रिमा बुढा मगरको आइतबार प्यूठान अस्पतालमा जटिल प्रकारको शल्यक्रिया गरिएको छ ।
उनको गत असोज २ गते आफ्नै घरको कौसीबाट लडेपछि बाँया खुट्टाको हड्डी भाँचिएको थियो । श्रीमानले उनलाई प्यूठान अस्पताल लगे । प्यूठान अस्पतालका हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा.राजेन्द्र पौडेलले उनको अवस्था बारे बुझे । केही दिन अस्पतालमै राखेर उपचार गरे । डा. पौडेलले रिमाको खुट्टाको जटिल प्रकारको शल्यक्रिया गर्नुपर्ने बताए । आर्थिक अवस्था कमजोर भएका कारण रिमाका श्रीमानले जिल्लामै श्रीमतीको उपचार गराउन आग्रह गरेका थिए । त्यसपछि डा. पौडेलले रिमाको उपचार जिल्लामै गर्ने निधो गरे । उनले भैरहवा मेडिकल कलेजका हाडजोर्नी विभागका प्रमुख प्रोफेसर डा. प्रकृतिराज कँडेललाई प्यूठान बोलाए । डा.कँडेल, एनेस्थोलोजिस्ट डा.सुमन श्रेष्ठ र डा. आमिर काफ्ले सहितको टिमले आइतबार रिमाको बाँया खुट्टाको सि–आर्म  प्रविधि मार्फत जटिल शल्यक्रिया गरे । अहिले रिमा दम्पत्ति खुसी छन् । उनका श्रीमान पुरन बुढा मगरले जिल्लामै यसरी सहज उपचार गर्न पाउँदा आर्थिकभार समेत कम भएको भन्दै खुसी व्यक्त गरे ।

भैरहवा मेडिकल कलेजका हाडजोर्नी विभागका प्रमुख प्रोफेसर डा. प्रकृतिराज कँडेलले यस्तो खालको शल्यक्रिया गर्दा २ लाख रकम खर्च हुने बताए ।उनले भने, ‘गरिब बिरामीहरुलाई यस्ता खालका शल्यक्रिया गर्दा घर जग्गा नै बेच्नुपर्ने अवस्था आएको देखेको छु, अस्पतालले पूर्वाधारमा विशेष ध्यान दियो भने आगामी दिनमा जिल्लामै उक्त शल्यक्रिया गर्न सकिन्छ ।’

प्यूठान अस्पतालका क्लिनिक इन्चार्ज एनेस्थोसियोलोजिस्ट डा. सुमन श्रेष्ठले पछिल्लो एक महिनामा ६५ जना सुत्केरीको शल्यक्रिया, २१ जना हाडजोर्नीका बिरामी, ४ जना सर्जरी र ३ जना नाक, कान, घाँटीका बिरामीले सेवा लिएको बताए । साथै उनले एक जनाको पूर्ण रुपमा व्यहोस बनाई (जि.ए) प्रविधि मार्फत सुत्केरीको शल्यक्रिया गरिएको बताए । दैनिक अस्पतालको ओपिडीबाट ४ सय भन्दा बढी बिरामीहरुले सेवा लिएको डा.श्रेष्ठको भनाई छ ।


महिला तथा प्रसुती रोग विशेषज्ञ डा. कुमार बिष्टले अस्पतालमा काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभुति भए बिरामीहरुलाई सेवा दिन सहज हुने बताए ।

के हो सि–आर्म प्रविधि ?

सि–आर्म एक प्रकारको एक्स–रे मेशिन हो । बिरामीको शल्यक्रियाका क्रममा स्कुप, प्लेट तथा पाता हाल्दा सि–आर्म मेशिनको सहयोगले हालिन्छ । सामान्य किसिमको शल्यक्रिया सि–आर्म बिनै गर्न सकिए पनि जटिल किसिमको शल्यक्रिया सिआर्म मेशिन बिना गर्दा त्रुटी हुनसक्ने चिकित्सक बताउँछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...