News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा प्रथम अध्यक्ष कप हुँदै

गाेविन्द विश्‍वकर्माकार्तिक १५ स्वर्गद्वारी
१६४० पटक
कार्तिक १५ स्वर्गद्वारी

प्यूठान जिल्ला माण्डवी गाउँपालिकामा प्रथम गाउँपालिका स्तरिय अध्यक्ष कप प्रतियाेगिता हुने भएकाे छ । यहि कार्तिक १८ गते दखि सुरु हुने प्रतियाेगितामा भलिवल प्रतियाेगिता, क्रिकेट प्रतियाेगिता, नृत लाेकदाेहाेरी गबड्डी दाैड हाइजम्प लम्जम्प जस्ता धेरै खेलहरुकाे अायाेजना गरिएकाे छ । “स्वास्थ्य शरिर, सहकार्य, समन्वय र सृजनशिलताका लागि खेलकुद लागि खेलकुद” भन्ने मूल नाराका साथ अायाेजना गरिएकाे अध्यक्ष कप प्रतियाेगिताकाे उद्घाटन प्रमुख अतिथी सांसद दुर्गा पाैडेल गर्ने कार्यक्रम रहेकाे माण्डवी गाउँपालिका खेलकुद समितिका सचिव प्रदीप भण्डारीले जानकारी दिनुभयाे ।

कार्यक्रममा अन्य अतिथीहरु प्रदेश सांसद हरि रिजाल र कृष्णध्वज खड्का विशेष अतिथीकाे रुपमा उपस्थित हुने अायाेजकले जानकरी दिएकाे छ । माण्डवी गाउँपालिका खेलकुद समितिकाे अायाेजना तथा माण्डवी गाउँपालिकाकाे कार्यालयकाे अार्थिक सहयाेगमा कार्यक्रमकाे अायाेजना गरिएकाे समितका अध्यक्ष नगिन गाहाले जानकारी दिनुभयाे ।

खेल क्षेत्र र खेलाडीहरु राष्ट्रका गहना भएकाले यस क्षेत्रमा पनि खेलाडीहरुकाे पहिचान गरी खेल क्षेत्रमा माण्डवी गाउँपालिकालार्इ अगाडी लैजाने उद्देश्यले प्रथम अध्यक्ष कप प्रतियाेगिताकाे अायाेजना गरिएकाे गाउँपालिका अध्यक्ष श्रिधर राेकाले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा क्रिकेट तर्फ क्रमश प्रथम नगद रु २० हजार कप मेडल र प्रमाणपत्र, दाेस्राे नगद रु १५ हजार मेडल र प्रमाणपत्र र तेस्राे नगद रु १० हजार मेडल र प्रमाणपत्र त्यसैगरी भलिवल तर्फ प्रथम नगद रु १६ हजार कप मेडल र प्रमाणपत्र दाेस्राेे नगद रु १२ हजार र तेस्राे नगद रु ८ हजार मेडल र प्रमाणपत्र सहित अार्कषक पुरस्कारहरु हात पार्ने छन । कार्यक्रमलार्इ भव्य एवम् सानदार तरिकाले सफल पार्नकाे लागि अायाेजकले सबैलार्इ उपस्थितिकाेे लागि हार्दिक अनुराेध गरेकाे छ । खेल माण्डवी गाउँपालिकाकाे खेल मैदान मार्सिवाङमा हुने बताइएकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...