News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकल चोरीको आरोपमा प्यूठानबाट २ जना पक्राउ

बिबश जि.एम२०८० असोज २६
३०९ पटक
२०८० असोज २६

मोटरसाइकल चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानले २ जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका ५ का दाङ बस्दै आएका १९ बर्षिय सुमन चौधरी र १६ बर्षका बालक सहित २ जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार असोज १० गते राती १० : ०० बजेको समयमा प्यूठान नगरपालिका वडा नं. ८ खप्रेङखोलाका कृष्ण बहादुर थापाको घर आँगनमा राखेको केमान सिंह थापाको बा ८९ प ४२४० नं. को पल्सर २२० सि सि को मोटरसाईकल र भोलि पल्ट ११ गते राती १ ः ०० बजेको माण्डवी गा.पा. वडा नं. १ देविस्थान स्थित राजेन्द्र अधिकारीको घरको आँगनमा राखेको रा ३ प ८०५ नं. को १५० सिसिको पल्सर मोटरसाईकल चोरी भएको थियो ।

चोरीमा संलग्न २ जनालाई अनुसन्धानको लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युद्ध महान् थियो भने त्यो बाटो किन छोडेको ?: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै माओवादीलाइ प्रश्न...

युद्धलाई ‘हिंसा’ भनेर अभिव्यक्ति दिनु संविधान विपरीत: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गर्ने अभिव्यक्ति संविधान विपरीत रहेको...

हुनुपर्ने काम रोक्ने र नहुनुपर्ने काम भइराख्ने नहोस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न ...

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ ।...

‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर

मातृ शिशु सुरक्षामा महत्त्वपूर्ण मानिएको संस्थागत सुत्केरी गराउने कार्यक्रम कार्यान्वयनमा स्वर्गद्वारी नगरपालिका सबैभन्दा कमजोर देखिएको...