News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकल चोरीको आरोपमा प्यूठानबाट २ जना पक्राउ

बिबश जि.एम२०८० असोज २६
७४९ पटक
२०८० असोज २६

मोटरसाइकल चोरीको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानले २ जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका ५ का दाङ बस्दै आएका १९ बर्षिय सुमन चौधरी र १६ बर्षका बालक सहित २ जनालाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार असोज १० गते राती १० : ०० बजेको समयमा प्यूठान नगरपालिका वडा नं. ८ खप्रेङखोलाका कृष्ण बहादुर थापाको घर आँगनमा राखेको केमान सिंह थापाको बा ८९ प ४२४० नं. को पल्सर २२० सि सि को मोटरसाईकल र भोलि पल्ट ११ गते राती १ ः ०० बजेको माण्डवी गा.पा. वडा नं. १ देविस्थान स्थित राजेन्द्र अधिकारीको घरको आँगनमा राखेको रा ३ प ८०५ नं. को १५० सिसिको पल्सर मोटरसाईकल चोरी भएको थियो ।

चोरीमा संलग्न २ जनालाई अनुसन्धानको लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...